सरकारद्वारा तीन जना एआईजीहरूको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरूको सरुवा गरेको छ ।

सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सशस्त्र प्रहरी बलका एआईजीहरूको सरुवा गरिएको बताए ।

सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

मानवस्रोत साधान विभागका नारायणबाबु थापालाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको बाँस्कोटाले बताए ।

मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ । पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

Published : Sunday, 2019 August 4, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया