ललितपुर कांग्रेसद्वारा पञ्चलालको परिवारलाई आर्थिक सहयोग प्रदान

ललितपुर । ललितपुर जिल्लामा वर्षाका कारण ज्यान गुमाएका १२ वर्षीय सरोज जिम्बाका आफन्तलाई नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ ले आर्थिक सहयोग प्रदान गरेको छ ।

असार २७ गतेको अविरल वर्षाका कारण ललितपुरको दक्षिणी भेगको बागमती गाउँपालिका वडा नं. २ माल्टास्थित पञ्चलाल जिम्बाका १२ वर्षीया छोरा सरोज जिम्बाको घर भत्किँदा पुरिएर मृत्यु भएको थियो ।

घरले पुरिएका उनका कान्छा छोरा निरोज जिब्बाको स्थानीयले सकुशल उद्दार गरेका थिए । वर्षाका कारण पञ्चलाल जिम्बाको घर भत्किएर पूर्णरुपमा क्षति भएको छ ।

पञ्चलाल जिम्बालाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाली कांग्रेसबाट प्रदेश सभाका उम्मेदवार एवम् महासमिति सदस्य मीनकृष्ण महर्जन, बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनसहितको उपस्थितिमा आर्थिक सहायता रकम हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य रविन्स शर्मा, नेविसंघ पूर्वकेन्द्रीय सदस्य विमलचन्द्र विष्ट, गोदावरी नगर नगरपालिकाका सभापति सुरोज श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य जयराम तिमल्सिना, बागमती गाउँपालिका संयोजक तथा वडाध्यक्ष विष्णु तिमल्सिना, वडाध्यक्ष विजयकुमार लो, राम लो, ज्ञानबहादुर लो लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बागमती गाउँपालिकाले घर क्षति हुनेलाई ५० हजार र मानवीय क्षति हुने परिवारलाई एक लाख पाँच हजार दिने घोषणा गरेको छ ।

नेपाली कांग्रेसबाट बागमती गाउँपालिकामा अध्यक्षमा निर्वाचित वीररबहादुर लोप्चनले जनतालाई समस्या पर्दा गाउँपालिकाले सहयोग गर्ने बताए ।

Published : Monday, 2019 July 22, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया