देउवा दम्पत्तिले मनाए २५औँ वर्षगाँठ, बुढानिलकण्ठ झिलिमिली

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाले विवाहको २५औँ वर्षगाँठ मनाएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा देउवा दम्पत्तिले २५औँ वर्षगाँठ मनाएका हुन् । देउवा दम्पत्तिलाई मंगलबार बिहानैदेखि निवासमा पुगेर शुभेच्छुकका साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुभकामना दिइरहेका छन् । देउवा दम्पत्तिबाट एकजना छोरा छन् । उनको नाम जयवीर देउवा हो ।

२५औँ वर्षगाँठ मनाउन देउवा दम्पतिले बुढानिलकण्ठस्थित निवासलाई सिंगारेका छन् । सरसफाइदेखि बिजुली बत्तीको राम्रो व्यवस्था गरिएको छ ।

देउवा गृहमन्त्री भएका बेला २५ वर्ष अगाडि प्रतिभा राणाकी छोरीलाई विवाह गरेका थिए । राप्रपाकी नेतृ प्रतिभा राणा हाल जापानका लागि नेपाली राजदूत छिन् ।

सभापति देउवा पछिल्लो पटक प्रधानमन्त्री बनेका बेला सासुलाई राप्रपाको कोटाबाट जापानको राजदूत बनाइदिएका दिए । पत्नी आरजु राणाको दवावमा देउवाले राप्रपाको कोटामा राखेर लुकाएर राजदूत बनाएको नेपाली कांग्रेसभित्र कुरा चल्ने गरेको छ ।

आरजु राणाका भाई भुषण शम्शेर राणा पनि दिदी आरजु राणा र भिनाजु शेरबहादुर देउवाको आडमा भिभिन्न ठेक्कापट्टाका साथै बिचौथालियाको काम गर्दै आएका छन् । भुषण राणाका कारण नेपाली कांग्रेसलाई ठूलो नोक्सानी भएको आरोप लाग्दै आएको छ ।

सभापति देउवाले आफ्नो निवासमा महायज्ञ सप्ताह पुराणा पनि लगाएका छन् । उनको सप्ताह बुधबार समापन हुनेछ ।

महायज्ञ सप्ताह पुरणामा देउवा दम्पत्तिले के–के कुरा भगवानसँग मागेका छन् थाहा नभए पनि मुलुकलाई हिन्दूधर्मको माग गरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीसहितका नेताहरूले अभियान चलाइरहेका बेला सभापति देउवाले आफ्नै घरमा महायज्ञ लगाउनुलाई रहस्यका साथ हेरिएको छ ।

Published : Tuesday, 2019 July 9, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया