सुनिल राईले आफ्नै लिङ्ग काटेर दुइटा बनाए

विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको वडा नम्बर ३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेका छन् । राईले आफ्नो लिङ्गलाई काटेर दुई टुक्रा बनाएका हुन् ।

परिवारका अनुसार कहिले काहीँ असामान्य व्यवहार देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिङ्ग काटेका थिए ।

लिङ्ग काटेपछि अस्पताल पु¥याइएका राईलाई वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानम धरानको नर्मल वार्डमा राखेर उपचार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

एसपी अधिकारीका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए ।

नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि राईलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो ।

चार वर्षअघि विवाह गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गर्दै आएका थिए । राईले नियमित मदिरा पनि सेवन गर्ने गरेका छन् ।

नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका पिता बुमा राईले बताएको प्रहरीले जनाएको छ ।

राईको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार राईको पारिवारिक सम्बन्ध पनि राम्रो रहेको छ ।

Published : Saturday, 2019 June 29, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया