कांग्रेसले महत्वपूर्ण निर्णय लिँदै, शुरु भयो तयारी

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आगामी २२ असारमा बोलाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको संरचना निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी २२ असार आइतबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।

नेविसंघ, तरुण दललगायतका भातृ संस्थाहरूको समिति बनाएर पार्टीलाई गतिशील ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रीय हुने उनको भनाई छ ।

विभागहरूको गठनका विषयमा पनि छलफल भइरहेको छ । विभागका सभापतिहरूलाई बस्ने ठाउँ पनि बनाइएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसेको पार्टी केन्द्रीय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढ्न पार्टी नेतृत्वलाई दवाव दिएपछि काग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाउने भएको हो ।

प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान २४ भदौबाट सुरु हुनुअघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको स्पष्ट पारे ।

शर्माले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि जारी पार्टीका कन्द्रिय प्रतिनिधिहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताए ।

केन्द्रीय प्रतिनिधिहरूले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएकाले दावी गर्दै उनीहरूको विश्वास जित्ने गरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दवाव दिएका थिए ।

मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन पनि पार्टी नेतृत्वलाई केन्द्रीय प्रतिनिधिहरूले सचेत गराएका छन् ।

Published : Friday, 2019 June 28, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया