आइजीपी खनालले भ्याए ६ करोडको तेल, छक्कै परे गृह मन्त्री

काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले २ वटा गाडीका लागि ३ महिनामा ६ करोडको तेल हालेर नयाँ रेकर्ड कायम गरेका छन् ।

खनाल २०७४ चैत २७ मा आइजीपी नियुक्त भएका हुन् । उनी आइजीपी नियुक्त भएको २०७४ असारसम्म २ वटा गाडीका लागि ६ करोडको तेल हालेको स्रोतले बताएको छ ।

६ करोडको तेल त दुई वटा गाडी दिनमा २ पटक धुँदा पनि सकिंदैन । कसरी खपत भयो ? यो आश्चर्यको विषय हो । आइजीपी खनालले तेल गायब बनाएकाे सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापा नै चकित परेकाे स्राेतकाे भनाइ छ ।

तर, सशस्त्र प्रहरी बलका एक अधिकारी भन्छन्,‘यो सत्य कुरा हो, सरोकारवाला निकायले २०७४ बैशाख १ देखि २०७४ असार मसान्तसम्मको विवरण लिने हो भने २ वटा गाडीका लागि तीन महिनामा ६ करोडको इन्धन खपत भएको तथ्य खुल्नेछ ।’

सशस्त्रमा इन्धनमा यस्तो बम्हलुट जारी छ । आइजीपी खनालले आफ्नो पद जोगाउनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि विभिन्न नेताहरुका बीचौलियालाई दैनिक ५ सय लिटर तेल बितरण गर्दै आएका छन् ।

सशस्त्रको कामका लागि तेलको सदुपयोग गर्नुपर्नेमा बीचौलियाहरु सुवास राई, नरेश भट्ट, सुरज अधिकारी जस्तालाई तेल दिने गरिएको छ ।

सशस्त्रका बिचौलियाहरुको घेरामा रमाउने आइजीपी खनालले नेकपा अध्यक्ष प्रचण्ड र अख्तियारका प्रमुख नवीन घिमिरेको नाममा समेत इन्धन बितरण गर्ने गरेका छन् ।

अख्तियारका प्रमुख आयुक्त घिमिरेको नाम उनले संगठनका सरुवा, बढुवामा समेत बदनाम गर्दै आएका छन् । सशस्त्रका खरिदमा पनि उनले विगतका भ्रष्टाचार मुद्दा लागेका ४ आइजीपीले भन्दा बढी भ्रष्टाचार गरेका छन् ।

गतवर्ष चुस्तालगायतका सामान खरिदमा १० करोड भन्दा बढी घोटाला गरेको आरोप खनालमाथि छ । हरेक खरिदमा उनले प्रक्रिया समेत नपुर्‍याई काम गरेका छन् ।

सशस्त्र प्रहरीका आइजीपी खनालले सीमा सुरक्षाका लागि गठन भएको फौजलाई प्यारालाइज बनाएका छन् । उनले मन्त्रिपरिषदको निर्णय अनुसार तोकिएको दरबन्दी मन लागि आफैं थपघट गरेका छन् ।

तराईका सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलको संख्या भारी कटौती गरी पहाडी जिल्लातिर सबै फौज केन्द्रित गरेका छन् ।

भारतीय योजनाअनुसार उनले तराईका जिल्लाका सीमाबाट सशस्त्रको बोर्डरआउट पोष्ट र सीमा सुरक्षा कार्यालय हटाएका छन् । राजमार्ग सुरक्षा हटाएपछि तराईका जिल्लामा कुनै ठूलो घटना भएमा अब नियन्त्रण बाहिर जाने खतरा छ ।

खनालले बोर्डर आउट पोष्टको संख्या बढाएको देखाए पनि ती पोष्टको सुरक्षाका लागि ५ जनामात्र राखिएको छ । जबकि खनालले दरबन्दी समायोजन गर्नुअघि बोर्डर आउट पोष्टमा ५० जनाको संख्या तैनाथ हुन्थ्यो । यूनाइटेड पाेष्ट साप्ताहिकबाट

Published : Thursday, 2019 June 27, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया