सत्तारुढ दलकै नेताको यति ठूलो धुन्दुकारी हर्कत

काठमाडौं । फ्रि तिब्बतको मुभमेन्टमा लागेका समाजवादी पार्टी नेपालले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदीप यादवलाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई ६ महिनाका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

समाजवादी पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको नीतिविपरीत ‘फ्री तिब्बत’ कार्यक्रममा सहभागी भएकाले यादवलाई निलम्बन गरिएको बताए ।

लाटभटिया देशको राजधानी रिगामा हालै सम्पन्न भएको ‘इन्टरनेसनल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्री तिब्बत’ कार्यक्रममा सांसद यादव सहभागी भएका थिए ।

पार्टीलाई जानकारी नगराई भाग लिन पुगेका सांसद यादवसँग पार्टीले स्पष्टीकरण सोधेको थियो ।

चितबुझ्दो स्पष्टीकरण नदिएकाले पार्टीले कारबाही गर्ने निर्णय गरेको अधिकारीले बताए ।

Published : Wednesday, 2019 June 26, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया