झुक्यो ओली सरकार, गुठीयार र कांग्रेसको सानदार जित

काठमाडौं । गुठीयार र नेपाली कांग्रेससहितको आन्दोलनका दवाव खेप्न नसकेर खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले विवादित गुठी विधेयक फिर्ता लिएका छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले गुठी विधेयक फिर्ता लिएको जानकारी दिए । ‘सरकारले गुठी विधेयक फिर्ता लिइएको छ’, उनले भने, ‘भूमि सुधारमन्त्रीज्यूले गुठी विधेयक फिर्ता लिने निर्णय गर्नुभएको छ । उचित छ ।’

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्नु केही समय अगाडि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी थिइन् ।

‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु,’ मन्त्री अर्यालले भनेकी छिन् ।

कम्युनिस्ट सरकारले धर्म, संस्कृति र परम्परालाई समाप्त पार्न गुठी विधेयक ल्याएको भन्दै गुठीयार र नेपाली कांग्रेसले सडक आन्दोलन गरेका थिए ।

गुठी विधेयकलाई लिएर मंगलबारको संसद बैठकमा नेपाली कांग्रेसले बोल्न माग गरेको थियो । तर, सभामुखले समय नदिएर प्रधानमन्त्री ओलीलाई समय दिएपछि कांग्रेसले रोष्टम नै घेर्न पुगेको थियो ।

Published : Tuesday, 2019 June 18, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया