काठमाडौंको बसन्तपुरमा कम्युनिस्ट सरकार विरोधी प्रदर्शन

काठमाडौं । काठमाडौंमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन भएको छ । गुठी विधेयकको विरोधमा बसन्तपुर दरबार क्षेत्रमा शनिबार पनि प्रदर्शन भएको छ ।

ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो । प्रदर्शनका क्रममा कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरिएको थियो ।

ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो ।

प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवाः अब जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए ।

ज्यापू महागुठी अन्तर्गतका गुठीहरुहरूको संलग्नतामा निकालिएको विरोध ¥यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुँदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।

कम्युनिस्ट सरकारले मुलुकभरिका गुठीहरूको व्यवस्थापन लगायतका कामका लागि भन्दै प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरिका गुठीहरू विरोधमा उत्रिएका हुन् ।

गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा प्रत्येक दिन विरोध प्रदर्शन हुँदै आएको छ । संघीय संसदमा पनि सांसदहरूले विधेयकको विरोध गर्दै आएका छन् ।

Published : Saturday, 2019 June 15, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया