सत्तारुढ नेकपाका नेता एवम् पूर्वमन्त्री पौडेलको निधन

भरतपुर, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धनिराम पौडेल (डिआर)को हृदयघातका कारण निधन भएपछि नेताहरूले दुःख व्यक्त गरेका छन् ।
गृहजिल्ला चितवनको माडीमा रहेको घरमै नेकपाका नेता पौडेललाई शुक्रबार बिहान हृदयघातबाट निधन भएको बगौडा अस्पतालले जनाएको छ ।
घरमै हृदयघात भएपछि आफन्तले उपचारका लागि हतारहतार बघौडा अस्पताल लगेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पौडेलको निधन घरमै भइसकेको थियो ।
‘उहाँको हृदयघातका कारण निधन भएको हो’, उनले भने, ‘घरमै हृदयघात भएको थियो । अस्पताल पुग्नेवित्तिकै निधन भएको घोषणा गरिएको हो । हामी दुखित भएका छौँ ।’
पूर्वसांसद समेत रहेका पौडेलले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया