ग्रह शान्ति कटाउन काठमाडौं मलमा तिरुपती बालाजीको पूजा

काठमाडौं । काठमाडौं मलको प्राङ्गणमा रहेको नेपालकै पहिलो तिरुपाती बालाजी मन्दिरमा व्यापारीहरूले सामूहिक रुपमा पूजाअर्चना गरेका छन् ।

तिरुपती बालाजीको स्थापना गरिएको वार्षिकोत्सवको अवसरमा बिहीबार निर्जला एकादशीको दिन काठमाडौंमलका सम्पूर्ण व्यापारीहरूको सहभागितामा पूजाअर्चना गरिएको रश्मिला फेसियल हाउसकी सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिइन् ।

तिरुपती बालाजीको पूजा गर्ने क्रममा काठमाडौं मलका व्यापारीहरूको व्यापारमा देखिएको समस्या र अन्य विविध ग्रहशान्तिको कामना गरिएको थियो ।

काठमाडौं मलका व्यापारीहरूको हितका लागि काठमाडौं मलका अग्रज महिलाहरूको एउटा समिति समेत बनाइएको छ । समिति ९ सदस्यीय पूजा आयोजना समिति बनाई सम्पूर्ण व्यापारीहरूलाई एकजुट बनाएर पूजा आराधना गरिएको थियो ।

काठमाडौं मलको व्यवस्थापन पछिल्लो समय कर्मचारी संचय कोष आफैले गर्दै आएको छ ।

०७६ साल असार ३ गते काठमाडौं मलमा विशेष पूजाको आयोजना समेत गरिदै छ । त्यसको तयारी काठमाडौं मलका व्यापारीहरूले संयुक्तमा रुपमा गरिरहेका छन् ।

Published : Thursday, 2019 June 13, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया