लमहीमा बन्न लाग्यो कांग्रेसको भव्य भवन, सहयोगका लागि अपील

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को लमहीमा बन्न लागेको पार्टी कार्यालय वीपी स्मृति भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

देउखुरी उपत्यकास्थित लमहीको रातोमाटे डाँडामा नेपाली कांग्रेसको प्रदेशस्तरीय पार्टी कार्यालय बनाउन लागिएको हो । यो भवनलाई भविष्यमा प्रदेशस्तरीय कार्यालय राख्नका लागि समेत हुने गरेर निर्माण गर्न लागिएको छ ।

लमहीमा पार्टी कार्यालयको भवन बनाउनका लागि दाङ कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग सहयोगका लागि अपील समेत गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले ‘वीपी स्मृति भवन निर्माण समिति लमही, दाङको कृषि विकास बैंकको शाखा’मा रहेको खाता नम्बर ०९१९००१३८०८७२०१६ मा सहयोग गर्न आग्रह गरेका छन् ।

पूर्वसांसद एवम् भवन निर्माण समितिका संयोजक योगेन्द्र चौधरीले पनि प्रदेश ५ कै नेपाली कांग्रेसको प्रदेशस्तरीय कार्यालय रहने गरी वीपी स्मृति भवन बनाउन लागिएको जानकारी दिए । उनले पनि देश तथा विदेशमा बस्ने कांग्रेसका शुभेच्छुकहरूलाई आर्थिक सहयोग गर्न अपील गरेका छन् ।

लमहीमा बन्न लागेको कांग्रेसको भवनको शीलान्यास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत वीस गते गरेका थिए ।

चार तले भवनमा धेरै कार्यकर्ता अटाउन सक्ने हल पनि निर्माण गर्न लागिएको छ । भवन बनाउन करीव साढे दुई करोड खर्च लाग्ने प्रारम्भीक अनुमान रहेको चौधरीले जानकारी दिए ।

नेपाली कांग्रेसको लमहीमा बन्न लागेको पार्टी कार्यालयलाई सुविधा सम्पन्न बनाइनेछ । पार्टी कार्यालयमै गेष्ट हाउसको समेत प्रबन्ध गर्ने डिजाइन समेत गरिएको छ ।

Published : Monday, 2019 June 3, 10:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया