कांग्रेसका आचार्यको सम्झनामा दाङमा श्रद्धाञ्जलि सभा

घोराही । प्रजातन्त्र सेनानी तथा उद्योग बाणिज्य संघ नारायणपुरका निवर्तमान महासचिव धनेश्वर आचार्यका पिता कृष्णप्रसाद आचार्यको तेह्रौ दिनको पूण्य तिथिमा नेपाली कांग्रेस त्रिपुरको आयोजनामा सोमबार घोराही उपमहानगरपालिकाको नारायणपुरमा श्रद्धाञ्जलि सभा सम्पन्न गरिको छ ।

नेपाली कांग्रेस त्रिपुर नगर समितिका उपसभापति रेशमबहादुर बस्नेतको अध्यक्षता एवं संबिधान सभाका सदस्य राजु खनालको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जलि सभामा आचार्यले नारायणपुर क्षेत्रको बिकासमा खेलेको भूमिका र कांग्रेसको उत्थानमा खेलेको योगदानको चर्चा गरीएको थियो ।

श्रद्धाञ्जलि सभामा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (साविक)का क्षेत्रीय सभापति भुपबहादुर डाँगी, संबिधान सभाका सदस्य झक्कुप्रसाद आचार्य, महाधिबेसन प्रतिनिधी भरतबहादुर न्यौपानेले शोक मन्तव्य राखेका थिए ।

आचार्यको जेठ ८ गते ८९ बर्षको उमेरमा निधन भएको थियो ।

Published : Monday, 2019 June 3, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया