अर्काकी पत्नी ‘उडाउने’ पूर्वएमालेका वडाध्यक्ष, गरे रामेछापको बद्नाम

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन् ।

स्थानीय तहको निर्वाचनमा माझी पूर्वएमालेबाट वडाध्यक्षमा निर्वा्िचत भएका हुन् ।

भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरू श्रीमान–श्रीमती भएको भन्दै सँगै बस्दै आएको स्रोतले जनाएको छ ।

गत मंसिरदेखि कोठा लिएर सँगै बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे भक्तपुरस्थित कोठाबाट पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिएका छन् ।

उनीहरूविरुद्ध सोमबार बहुविवाहमा मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताइन् ।

कुभिण्डेका कविराज श्रेष्ठ वैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा गलत कुरा गाइगुइ सुनेका थिए ।

२० दिनअघि काठमाडौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजेका थिए । तर, सम्पर्क भएको थिएन ।

‘परिवारका केही सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो’, श्रेष्ठले भनेका छन्, ‘सिनामगंलको होस्टलमा छोरा हालेको थाहा पाए । श्रीमतीसंग सम्पर्क कायम गर्न कयौं प्रयत्न गरे । सम्पर्क भएन ।’

सिन्धुली तीनपाटन माइती भएकी २७ वर्षीया श्रीमतीलाई कविराज श्रेष्ठले सिन्धुलीमै छोडेर विदेश गएका थिए ।

केही वर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिइन् ।

काठमाडौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर उनीहरूलाई खोज्न थाले ।

भक्तपुरको चारदोबाटोमा कोठा रहेको र दुवै श्रीमान्–श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरू भएको कोठामा पुगेका थिए । बाहिर माझीको मोटरसाईकल राखिएको थियो ।

कृष्णमायाले मोटरसाईलक चिनिन् । दुबै जनासंगै छन् भनेर कृष्णमायाले प्रहरीलाई बोलाइन् । प्रहरी आएपछि कोठा खोल्न लगाउँदा दुवैसँगै भेटिएका थिए ।

अनि श्रीमान्–श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केही तस्वीरहरू कोठामा सजाएर राखेको भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।

गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन् । उनी गोपालसंगै बस्छन् । कृष्णमाया ४ वर्षदेखि माझीसंग छैनिन् ।

‘मलाई कम्ती सास्ती दिएको छैन’, कृष्णमाया माझीले भनिन्, ‘मैले पहिलेदेखिनै गाइँगुइँ गलत कुरा सुनेकी थिएँ प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिइन । अब प्रमाण भेटे मुद्धा दिन्छु ।’

गोपाल र कृष्णमाया बेग्लाबेग्लै बस्ने भएपनि सम्बन्ध विच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनिन् ।

कृष्णमायाका अनुसार ४ दिनअघि गोपालले ती महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नयाँ घर बनाएका छन् । गृह प्रवेशका अवसरमा ती महिला पनि आएकी थिइन् ।

आइतबार उनले बहिनीसंग गाडीमा ती महिलालाई काठमाडौं पठाएका हुन् । त्यसको केही घण्टापछि आफू मोटरसाईकलमा काठमाडौं लागेका थिए ।
‘घर प्रवेश भने पनि त्यसले विवाहको भोज गरेको हुनुपर्छ’, कृष्णमायाले भनिन् ।

Published : Monday, 2019 June 3, 12:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया