अमेरिकामा कांग्रेसको जागरण अभियान हुने

अमेरिका । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले यहि जुन १५ तारिख सन् २०१९ का दिन अमेरिकाका तीनवटा क्षेत्रमा एकैसाथ जनजागरण अभियान कार्यक्रम गर्ने भएको छ ।

गत मे २९ तारीख २०१९ बुधबारको दिन संस्थाका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको हो ।

जागरण अभियानलाई प्रभावकारी ढंगले सफल बनाउँनका निमित्त संगठनले अमेरिकाको पूर्व क्षेत्रका लागि महासचिव मुनिन्द्र नेम्वाङ, दक्षिणी भेगमा उपसभापति चेतप्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उपसभापति धर्मराज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।

अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्क शहरमा हुने कार्यक्रमका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने संस्थाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिएका छन् ।

जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशील सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध साथीहरू, अग्रजहरू एवं संस्थाका सल्लाहकारहरू, नेपाली कांग्रेसमा आस्थावान साथीहरू एवं लोकतन्त्रप्रेमी आम नेपालीहरूको सहभागिता रहनेछ । नेम्बाङले यो अभियानमा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेका छन् ।

यो कार्यक्रमलाई भव्यरूपमा सफल बनाउँनका निमित्त संस्थाका सबै संरचना र आस्थावान सबैलाई एकै साथ जागिदिन र आफूलाई पायक पर्ने ठाउँमा सहभागी भएर सहयोग गरिदिनहुन समेत नेपाली जससम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।

Published : Monday, 2019 June 3, 7:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया