देशभरि जेठ २३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णय जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए ।

मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।

इद उल फितर मुस्लिमहरूले धुमधामका साथ मनाउने गर्छन् ।

राष्ट्रिय मुस्लिम आयोगको सिफारिस र आग्रहमा नेपाल सरकारले इद उल फितर पर्वमा मुस्लिमहरूलाई सार्वजनिक विदा दिइएको हो ।

Published : Thursday, 2019 May 30, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया