कांग्रेसलाई बाहिर राखेर ल्याइएको बजेट, कार्यान्वयन गर्न कठिन

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सरसल्लाहलाई बेवास्ता गर्दै आएको बजेट वितरणमुखी रहेको चर्चा भएको छ । कांग्रेसले सरकारले ल्याएको बजेटको विशेषता र प्राथमिकताहरूको आलोचना गरेको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले कम्युनिस्ट सरकारको बजेटले देशमा विकास गर्न कठिन हुने टिप्पणी गरेका छन् । डा.महतले कनिका छरे जसरी आएको बजेट भनेर आफ्नो असन्तुष्टि जनाइसकेका छन् ।

बजेटले संघीयतालाई असहयोग गरेको कांग्रेसको टिप्पणी छ । जे होस् सरकारले ल्याएको बजेटले राखेका उदेश्य र महत्वकांक्षबाट कांग्रेस सन्तुष्ट छैन । सत्तारुढ नेकपाकै सांसदहरू पनि बजेटमा राखिएका धेरै कुराबाट सन्तुष्ट छैनन् । तर, उनीहरूलाई कांग्रेसले जस्तो आलोचना गर्न सजिलो छैन ।

सरकारले बजेट बनाउने बेला नेपाली कांग्रेससँग औपचारिक रुपमा सरसल्लाह नलिएको कांग्रेस सांसदहरूले बताएका छन् । दुई तिहाइको बहुमत छभन्दैमा प्रमुख विपक्षी दलसँग सुझाव नलिनु भनेको दम्भ हो ।

दम्भका कारण सरकारलाई नै असर पर्ने देखिएको छ । नेपाली कांग्रेस रिसायो भने सरकारलाई नै अफ्ठ्यारो पर्ने हो । कांग्रेससँग सहमति र सहकार्य गरेर जाने विषयमा सरकारले कहिल्यै महशुस गरेन । यो भनेको देशमा द्वन्द्व र मुठभेड निम्ताउने कार्य नै हो ।

नेपाली कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्ने जनाउँदै आएको छ । कांग्रेसको यो भनाइलाई सरकारले कमजोरीका रुपमा लिँदा पनि समस्या भएको हो । कांग्रेसले बिहीबार बिहान संसदीय दलको बैठक पनि बोलाएको छ । बैठकबाट बजेटका विषयमा कांग्रेसको प्रतिक्रिया आउनेछ । प्रतिक्रिया सरकारले चाहे जस्तो कांग्रेसले दिनेछैन ।

पेलानमा परेका कांग्रेसलाई फेरि पनि सरकारले पेल्ने नीति लिएको छ । अबका दिनमा सरकारलाई पनि कांग्रेसलाई पेल्न त्यति सजिलो छैन ।

कांग्रेसले आफूलाई सशक्त रुपमा अगाडि बढाउँदै छ । जे भएपनि सहमति र सहकार्यको बाटोको नीति लिने अवसर अहिले पनि कायम छ । तर, सहमति र सहकार्यको नीति लिने विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओली छैनन् ।

Published : Thursday, 2019 May 30, 11:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया