ठूलो तामझामसहित विश्वमा एकछत्र शासन गरिरहेको झुठको प्रसङ्ग

केशवप्रसाद भट्टराई

लुप्त र पराजित सत्य अनि ठूलो तामझाम सहित विश्वमा एक छत्र शासन गरिरहेको विजयी झुको प्रसङ्ग !

***** *****
उन्डाइसौं सताव्दीको एउटा लोकप्रिय आख्यान अनुसार एक दिन सत्य र झूठ को अकस्मात भेट भयो । अनि झूठले सत्यसँग भनेछ ”आज त साह्रै गज्जबको सुन्दर दिन परेछ” ।
सत्यले आकाश तिर हेर्यो साँच्चै को सुन्दर दिन रहेछ । अनि भाव बिभोर भएको प्रतिक्रिया व्यक्त गर्यो । सत्य र झूठ दुबैले लामो समय सम्म मस्ती गरे, दंग दास परे ।

*****
यसै क्रममा उनीहरू एउटा तलाउको छेउमा पुगे I झूठले सत्यलाई भन्यो – ”आहा कति स्वच्छ रहरलाग्दो पानीको तलाउ रहेछ आऊ सँगै पौडी खेलौं, नुहाई धुवाई गरौँ ” ।
सत्यको मनमा शङ्का त थियो तर पानी हेर्यो स्वच्छ र निर्मल छ, पानी यसो छोयो मन आल्हादित भयो । दुबैले लुगा फुकाले । तलाउको छेउमा लुगा राखेर दुवै पानीमा खेल्न, रमाउन लागे ।

*****

त्यत्तिकैमा हतार हतार झूठ तलाऊबाट बाहिर निस्कियो ,सत्यको लुगा लगायो र सुइकुच्चा ठोक्यो । सत्य रिसाउँदै बाहिर निस्कियो । आफ्नो लुगा भेट्छु कि यता दौड्यो, उता दौड्यो तर झूठलाई कतै भेटेन ।

*****
बस्त्रहीन नाङ्गै सत्य यता -उता गरिरहेको देखेर दुनियाँले सत्यलाई तिरस्कार, घृणा र उपेक्षा गर्न लागे । मानिसहरू सत्यसँग रिसाएर ऊबाट टाढै बस्न रूचाउन लागे । सत्यलाई छी छी -दुरदुर गर्न लागे ।

*****
मानिसहरूको निरन्तर घृणा, अपमान ,उपेक्षा र तिरस्कार सहन नसकेर,आजित भएर सत्य त्यही तलाउमा फर्कियो । पीडा र बेदनाले व्यथित भएर, त्यही पोखरीमा तल्लो भागमा लुकेर बस्न थाल्यो । तलाउको पींधकै हिलोमा सत्य विलुप्त भयो । निसहाय, निरूपाय,पराजित, अपमानित, तिरस्कृत,लाञ्छित र घृणाले निसास्सिएको सत्य कता हरायो कता !

*****
उता झूठ भने सत्यको लुगा लगाएर संसारका सबै भूभागका शहर, बस्ती, स्कूल, कलेज, विश्व विद्यालय, सरकार, संसद, संवैधानिक निकाय, मिडिया सबैतिर रजगज गर्न लाग्यो ।
ऊ विश्वको एक छत्र सम्राट बन्न गयो ।

*****

सबै मुलुक, समाज र विश्वको आवश्यकता झूठ, भ्रम र नाराले नै पुरा गर्न लाग्यो । झूठले सबैलाई सन्तुष्ट र आनन्दित बनाउन थाल्यो । मानिसलाई झूठ नै प्यारो, सुन्दर र मोहक लाग्न थाल्यो । सबैतिर असत्यकै जयजयकार हुन लाग्यो ! झूठलाई नै संसारको एक मात्र सत्य बुझ्न र ग्रहण गर्न लागे । मानिसले सत्यको आवश्यकता , औचित्य र अस्तित्व स्वीकार्नै छोडे ।
झन् नेपालमा…

*****
”सत्यको पोशाक लगाएर, आफूलाईनै सत्य दावी गर्दै सारा संसारमा साम्राज्य विस्तार गरिरहेको झूठका सम्वन्धमा विचार गर्न सक्ने क्षमता हराएका ज्ञान, विवेक र चेतनाशून्य मानिसहरूको भीडबाट अझै प्रताडित र बलात्क्रित हुनबाट जोगिन त्राहिमाम त्राहिमाम गर्दै हराएको सत्यको खोजी गर्ने साहश कसैले गर्न सक्छ कि सक्दैन थाहा भएन ! तर मानव इतिहासमा सत्य सधैं पराजित, लुप्त र तिरस्कृत भइरहेको भने छैन । त्यस्तै पोखरीको हिलोमा सत्यको दिव्य प्रकाश छर्ने कमल पुष्पको वीजमा पो कतै सत्यले प्रवेश गरेको छ कि ? भविष्यले बताउला !”

*****
(आफैंले आज सेयर गरेको प्याट्रिक ग्याफिएरो Patrick Gaffieroको फेब्रुवरी १६ को एउटा पोस्टको भावानुवाद, फोटो ग्याफिएरो )

Published : Sunday, 2019 May 19, 10:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया