जनजागरणमा जानु अगाडि कांग्रेस शीर्ष नेताहरूले गर्नैपर्ने कुरा

नेपाली कांग्रेसले ढिलै भएपनि सहि निर्णय गरेको छ । पार्टीभित्र आन्तरिक द्वन्द्वमा रहेको नेपाली कांग्रेसले कार्यकर्ताका बीचमा आफूलाई लैजाने निर्णय गरेर प्रशंसा पाएको छ ।

कांग्रेसले जसरी प्रशंसा पाएको छ, विरोध पनि भएका छन् । कांग्रेसले पहिलो चरणको जनजागरण अभियानको घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई टाउको दुखाइ भएको छ । कांग्रेसको गतिविधिलाई प्रधानमन्त्री समेत रहेका खड्गप्रसाद ओलीले रुचाएका छैनन् ।

ओलीले कांग्रेसविरुद्ध कठोर अभिव्यक्ति दिने गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको आलोचनालाई शक्तिका रुपमा लिएको छ । ओलीले कांग्रेसको जनजागरण अभियानलाई लक्षित गरेर राजसंस्था ल्याउन गतिविधि गर्न थालेको भनेर आरोप लगाएका छन् ।

तर, कांग्रेसले ओलीले भने जस्तो राजा ल्याउन कुनै पनि गतिविधि गरेको छैन । कांग्रेसले आफूलाई जनतामा केन्द्रित गराउन चाहन्छ । कांग्रेसका नेताहरूको गतिविधिलाई कम्युनिस्ट पार्टीका नेता एवम् प्रधानमन्त्री ओलीले रुचाउने कुरै रहँदैन ।

ओलीले कांग्रेस भताभुङग भएको देख्न चाहन्छन् । कांग्रेस जति कमजोर बन्यो ओलीलाई निरंकुश बन्न त्यति नै सजिलो हुनेछ । कांग्रेसले यो कुरा बुझेका छन् । अब नेपाली कांग्रेसका नेताहरूले आफूभित्र रहेका झिनामसिना कुरालाई भुलेर कांग्रेस बनाउने तर्फ लाग्नुपर्छ ।

वैशाख ११ गतेदेखि शुरु हुने भनिएको जनजागरण अभियान केही दिन पछाडि सरे पनि कांग्रेसका नेताहरूले यही समयभित्र आन्तरिक विवादलाई मिलाउने प्रयास गर्नुपर्छ । कांग्रेसको नेतृत्वले विवादलाई मिलाउँदा नै कांग्रेस पार्टीको भविष्य रहन्छ ।

विवाद छ भने पार्टीभित्रै छलफल गरेर समाधान गर्दा नै राम्रो हुन्छ । विवाद सबै पार्टीमा छन् । तर, कांग्रेसका नेताहरूले आफूभित्रको विवादलाई अलिक धेरै बाहिर ल्याएका छन् । यसले उनीहरूलाई नै बेफाइदा हुनेछ ।

Published : Thursday, 2019 April 25, 11:45 am

1 प्रतिकृया प्राप्त “जनजागरणमा जानु अगाडि कांग्रेस शीर्ष नेताहरूले गर्नैपर्ने कुरा”

  • कांग्रेसले विगतका कमिकम्जोरिलाई सुधारनु अति आबस्यक छ गुटबन्दी लाई छिद्नु पर्छ यदि हाम्रा नेताहरु मध्ये कसैले कमिकम्जोरी गरेको छ भने तेस्ता नेतालाई बाईपास गर्नुपर्छ यदि कहि कतै कसैबाट घुस लियको खायको छ भने यस्ता व्याक्तिलाई पन्छायर वि पि को मार्गमा दोर्याउन जरुरी छ राष्ट्रियताको विषयमा आवज उथाउन जरुरी छ नगरिकता विधेक विरुद्ध आवाज उठाउनु जरुरी छ जन्तालाई प्रतीक्षाको भुमिका के हो यस्को भूमिकाको दायित्व बुझाउन जरुरी छ नेपालका असमान सन्धिको खरेजिको माग कांग्रेस बाट उथाउनु जरुरी छ भारतले हडपेको भुभाग हरुको लागि आवज उठाउनु जरुरी छ मैले यसो भन्दै गर्दा हाम्रो नेपाली कांग्रेस भित्र भारत प्रेमी साथी हरुलाई चित्त दुखछ होला यी यावत कुराहरु नै नेपाली जनताको अपेक्षा हो माग पनि हो……..! जय नेपाल कांग्रेसलाई सधै माया गर्ने कांग्रेस को साथी विजय राना रामपुर १० पाल्पा

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया