अहँकारी कम्युनिस्ट सरकारलाई तह लगाउन कांग्रेस कहिले सुध्रिने हो ?

दुई तिहाइको बलियो कम्युनिस्ट सरकार देशमा छ । सरकारले आफूले चाहेका कानून र ऐनहरू धमाधम बनाइ रहेको छ । राजनीतिक नियुक्तिहरू पनि गरिरहेको छ । दुई तिहाइको अहँता र घमण्डका कारण सरकारले ध्रुबे हात्ती बनिरहेको छ । यस्तो अवस्थामा प्रमुख विपक्षी दलले अराजक बनेको ध्रुबे हात्ती अर्थात सरकारलाई सहि ठाउँमा ल्याउनुपर्छ ।

तर, नेपाली कांग्रेसले सरकारलाई खबरदारी गरेर सहि ठाउँमा ल्याउनुको साटो आफैभित्र लडामति गरेका छन् । एकले अर्कालाई खुइल्याउने अभियानमा लागेका छन् । अहिलेको बेला आफूआफू लड्ने भिड्नेभन्दा पनि कम्युनिस्टहरूको दुई तिहाइको सरकारसँग कसरी मुकाबिला गर्ने भनेर छलफल चलाउनुपर्ने हो । तर, त्योछलफलतिर कसैको पनि ध्यान पुगेको छैन ।

कांग्रेसका शीर्ष नेताहरू व्यक्तिगत स्वार्थका लागि आफू आफू लड्न थालेपछि सरकारलाई पनि हाइसञ्चो भएको छ । आफू अनुकूलका निर्णयहरू गर्दै हिँडेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सरकारलाई कुनै पनि डर र त्रास छैन । कांग्रेसलाई कसरी ट्याकल गर्ने भनेर धेरै सोँच बिचार गर्नुपर्ने अवस्था नै नभएपछि सरकारले पेलेर जाने नीति बनाउनु स्वभाविक हो ।

त्यसैले अब नेपाली कांग्रेसले आफूलाई सुधार गर्न आवश्यक छ । विशेष गरेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला सहितका नेताहरूले आफूलाई सुधार गर्नै पर्छ । उनीहरूको गुटका कारण कांग्रेसलाई ठूलो नोक्सानी भइरहेको छ । कांग्रेसलाई नोक्सानी हुनु भनेको देशलाई नोक्सानी हुनु हो ।

सरकारसँग आजित बनेका जनताले कांग्रेसलाई कम्युनिस्टहरूको विकल्पका रुपमा लिएका छन् । सर्वसाधारणको त्यो अपेक्षालाई कांग्रेसले बुझ्नुपर्छ । एक वर्ष वितिसकेको छ । कांग्रेसले आफूलाई अहिले देखिनै कम्युनिस्टहरूका विरुद्ध केन्द्रित गर्दै संगठन बनाएर जानु नै उपयुक्त हुन्छ । होइन भने अर्को निर्वाचनमा पनि कांग्रेसको अवस्था झनै नाजुक हुनेछ ।

अहिलेको सरकार आफै आलोकप्रिय बनेका बेला कमजोर पक्षहरूको भण्डाफोर गर्दै जनतामा जानुपर्छ । नेपाली कांग्रेससँग एजेण्डा छैन । एजेण्डा नभइरेका बेला सरकार आफैले एजेण्डा दिएको छ ।

कांग्रेसका लागि यो सुनौलो अवसर हो । ढिला नगरेर कांग्रेसले आफूलाई जनतामा घुलमिल बनाउनुपर्छ । त्यसभन्दा अगाडि शीर्ष नेताहरू मिल्नुपर्छ । नमिलेर जाँदा कार्यकर्तामा निराशा हुनेछ । कांग्रेस विभिन्न धारमा हुनेछ । त्यसको फाइदा कम्युनिस्टहरूलाई हुनेछ । त्यो फाइदा कम्युनिस्टलाई होइन कांग्रेसर्लाइ हुनुपर्छ ।

Published : Sunday, 2019 April 14, 1:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया