कथित राष्ट्रवादी कम्युनिस्टहरूले बिखण्डनको बीउ रोपे

सम्पादकीय

विश्वमा कम्युनिस्टहरू राष्ट्रवादी हुन सक्दैनन् भन्ने धेरैले भन्दै आएका थिए । नेपालमा सत्तारुढ कम्युनिस्टहरू नै देशलाई टुक्र्याउँछु भनेर हिँडेको व्यक्तिलाई हिरो मानेर एउटै मञ्चबाट भाषण गर्नु राम्रो होइन ।

बिखण्डनको कुरा गर्नेलाई राज्यद्रोहको मुद्धामा जेलमा कोच्नुपर्ने हो । तर, खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिखण्डनकारीलाई आफूसँग एउटै मञ्चमा राखेर चोख्याएका छन् । जेलबाट छुटाएका छन् ।

त्यति मात्रै होइन ११ बुँदे सहमति गरेर तराईलाई नेपालबाट टुक्र्याउनेबारेमा जनअभिमत (जनमतसंग्रह) गर्ने सहमति गरेका छन् । कम्युनिस्टहरूले गरेको यो हर्कतले नेपालीहरूको मन दुखाएको छ ।

नेपाली जनताले कम्युनिस्टहरूलाई दिएको दुई तिहाइको बुहमतको अनुदार भएको छ । नेपाली जनताहरूले कम्युनिस्टहरूलाई देश टुक्र्याउने व्यक्तिलाई हिरो बनाइ सम्मान गर्नका लागि जनमत दिएका थिए त ? भनेर प्रश्न उब्जिएको छ ।

सिक्किमलाई जसरी भारतमा गाभ्न लेण्डुप दोर्जेहरू सक्रिय थिए । त्यसै गरी ओली र प्रचण्ड सक्रिय भएका छन् । उनीहरूले नेपाल देशलाई टुक्र्याउने अभियानलाई साथ दिएका छन् । ओली–प्रचण्ड र गृहमन्त्री रामबादुर थापालाई कारबाही गरिनुपर्छ । उनीहरूले राष्ट्रियताका पक्षमा जति नै ठूला कुरा गरेपनि नेपाली जनताले पत्याउने पक्षमा छैनन् । उनीहरूले जनतालाई धोका दिएका छन् ।

ओली–प्रचण्ड पश्चिमा र अमेरिकाको दवावमा परेका छन् । उनीहरूको गोटी बनेका छन् । एजेन्टका रुपमा काम गरेका छन् । बिखण्डनकारीहरूलाई जेलमा सडाउनेभन्दा अर्को बिकल्प छैन ।

देश टुक्र्याउँछु भन्नेको परिवारलाई क्षतिपूर्ति र परिवारलाई रोजगारी दिने भनेर ओली सरकारले ११ बुँदामा सहमति गरेको छ । यो झन् घातक छ । बिखण्डनकारीलाई प्रोत्साहन हुने गरेर सीके राउतका कार्यकर्तालाई क्षतिपूर्ति र रोजगारी कुनै पनि हालतमा दिइनु हुँदैन । बिखण्डनकारीप्रति राज्य कमजोर र लाचार हुनुहुँदैन । कठोर भएर लाग्नुपर्छ ।

ओली–प्रचण्डले बिखण्डनको बीउ रोपेर कलंकित बनेका छन् । उनीहरूले आफूलाई सुधार गर्न छिटोभन्दा छिटो सीके राउत र उसका समर्थकहरूलाई पक्राउ गरेर संविधान र कानूनअनुसार राज्यविप्लवको मुद्धामा सजाय दिनुपर्छ । योभन्दा अर्को बिकल्प छैन । ओली–प्रचण्डले ठूलो गल्ती गरिसकेका छन् ।

Published : Friday, 2019 March 15, 9:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया