पौडेल पक्षले समानान्तर समिति बनाउने, देउवा पक्ष सशंकित

नेपाली काँग्रेसको शक्तिशालि संगठन नेपाल विद्यार्थी संघ यतीखेर केन्द्रीय समिति विहिन छ । पटक पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महर गत महिना राजीनामा दिए पछि नेविसंघ झगडा प्रकरण पार्टी शिर्ष तहमा पुगेको हो । अब बन्ने तदर्थ समिति कस्तो र कस्को पक्षकोे बनाउने भन्ने विवादले पार्टी अनिर्णित बनेको छ ।

नेविसंघमा पौडेल पक्षकबो पकड रहेकोले नेविसंघमा पौडेल पक्षलाई नेतृत्व दिनुपर्नेमा दबाब दिदै आएको छ । तर देउवा पक्ष यसमा मान्न तयार छैन । सिटौला पक्षले पनि नेतृत्वको दावि गरे पछि त्यती सहज रुपमा देउवालाई अगाडी बढ्न सजिलो छैन देउवा पक्ष पेलेर जान खोजे पौडेल पक्षले समानान्तर समिति घोषणा गरेर अगाडि बढ्ने तयारी गरेको छ ।

पार्टीमा देउवाले बहुमतले विधान देखि अन्य अनुशासन समिति, निर्वाचन समितिमा पेलेर जान खोजे पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्ने र समानान्तर समिति बनाएर चुनौति दिने पक्षमा देउवा ईतर पक्ष रहेको छ । यसमा देउवा पक्ष झस्किएको छ । केही दिन अगाडि नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बैठक बसि सो निर्णय गरेको हो ।

पार्टी विधि र विधान र सबैको सहभागितामा संचालन गर्नु पर्ने भन्दै सम्वाद र सहमतिको लागि भन्दै पार्टी महामन्त्री शशांक कोईरालालाई देउवा समक्ष वार्ता गर्न पौडेल पक्षले जिम्मा लगाएको छ । सम्वाद र सहमतिलाई लत्याएर देउवा पक्ष अगाडि बढ्न खोजे नेविसंघ देखि पार्टी विभाग सम्म समानान्तर समिति गठन गरि अगाडि बढ्ने पौडेल पक्षको तयारी छ । आगामि चैत्र ४ गने केन्द्रिय समितिको बैठक बस्दै छ । सो बैठकमा नेविसंघ गठन पार्टी अनुशासन समिति र निर्वाचन समिति गठन गर्ने तयारी छ । सहमति नभए पनि बहुमतबाट पेलेर जाने देउवा पक्ष रहेको नेता प्रकाशशरण महतले वताउदै आएका छन् ।

नेविसंघमा ३२ वर्षे उमेर हद गलपासो

अब बन्ने नेविसंघ तदर्थ समिति ३२ वर्ष माथिको हुनेकि सो भन्दा मुनिको हुने भन्ने विवाद कायमै छ । देउवा र पौडेल पक्ष ३२ वर्ष भन्दा माथिका विद्यार्थी नेतालाई जिम्मेवार दिन तयार छन् । तर यसमा सिटौला पक्षले विवाद झिकिरहेको छ । नेविसंघ गठनमा देउवा पक्षबाट कस्तो प्रस्ताव आउछ त्यही अनुसार समर्थन र विरोध गर्ने पौडेल पक्षको रणनिति छ भने ३२ वर्ष भन्दा माथिको समिति बनाउदा अध्यक्ष नभए पनि सम्मानजनक पदाधिकारी हैसियत दिएको खण्डमा पौडेल पक्ष मान्न तयार हुने र सिटौलालाई पनि मनाउन सकिने पौडेल पक्ष रहेको छ । सिटौला पक्षले ३२ वर्ष मुनिको नेविसंघ गठन गर्न दवाव दिदै आएको छ । नेविसंघमा पौडेल पक्षकै पकड रहेकोले हाम्रो केन्द्रीय समितिमा सम्मानजनक उपस्थीति नभए यसलाई मान्न पौडेल छैनौ पौडल पक्षिय नेता मोति भण्डारी वताए ।

अध्यक्षमा को को छन् दावेदार

देउवा पक्ष : सरोज कुमार थापा, शुभराम बस्नेत, राजीव ढुंगाना
पौडेल पक्ष : मनोजमणि आचार्य, मोति भण्डारी, मनोज वैद्य
सिटौला पक्षः कुन्दल काफ्ले, युवराज पाण्डे

Published : Thursday, 2019 March 14, 9:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया