दाहालले खोलिदिए ‘एफडब्लुएलडी’ एनजिओको काला कर्तुतहरू

भरत दाहाल

नेपाली चेलीहरूको बजारीकरण गर्न उद्दत पर्दाभित्रकि एउटी भिलेन पश्चिमा डलरमा पारिवारीक संरचना भत्काउने मशिनकि अगुवा ! नेपाली महिलालाई निशाना बनाएको ‘एफडब्लुएलडी’बारे अध्ययन गर्नुहोस् ।

नाम – सपना प्रधान ‘मल्ल’ । पहिलेकि कानून व्यवसायी । अहिले एमालेको कोटाबाट सर्वोच्चमा न्यायाधीश । खास परिचय – सदाबहार एनजिओकर्मी । महिला केन्द्रित, नैतिक आदर्श र एकनिष्ठतामा आधारित नेपालको पारिवारिक संरचनालाई ध्वस्त बनाउने पश्चिमी साम्राज्यवादको मिशनकि मेरुदण्ड । नेपाली महिलाहरूको कथित समान अधिकारका लागि ‘एफडब्लुएलडी’ (Working for Non-Discrimination and Equality)  नामको पश्चिमी डलरको पोको देखाएर नेपाली चेलीहरूलाई बजारका वेश्या बनाउन सकृय यी छदमभेषी एनजिओकर्मीका बारेमा सबै तथ्यहरू बाहिर ल्याउन र नेपाली महिलाहरूलाई यसका बारेमा जानकारी गराउन जरुरी भएको छ ।

नेपालको पारिवारीक संरचनासंग जोडिएका भाषा र बोलीहरूलाई निषेध गर्नेदेखि कुमारी आमा बन्न पाउनु पर्ने, लिभिङ टुगेदरको जीवन बाँच्न पाउनु पर्ने, महिलाको परिचय दिंदा उसको लोग्नेलाई संबोधन गरिने श्रीमान् वा पति शब्द हटाउनु पर्ने, बाबुको पहिचान नखोलिकनै महिलाको नामबाट उसका सन्तानलाई नागरिकता दिनु पर्ने, विदेशीसंग विवाह गरेकि महिलाका सन्तानले आमाको नामबाट नागरिकता पाउनु पर्नेदेखि लिएर सञ्चालन गरेको उनकै एनजिओका नेपाल विरोधी कालो पर्दाभित्रका उत्पत्ति हुन् ।

सपना प्रधान ‘मल्ल’ले नेपाली महिलाहरूलाई सामन्तवादी सोंच अनुसारको एउटा पुरुषको वस्तुबाट मुक्त गर्न खोजेकि होइनन् बरु महिलाहरूलाई एउटा पुरुषको वस्तुबाट निकालेर बजारको साझा वस्तु बनाउन खोजेकि हुन् ।

उनले महिलाहरूलाई समान अधिकार दिनुपर्छ भन्ने अर्थमा आमाको नामबाट नागरिकता दिनुपर्ने कुरा गरेकि होइनन् बरु बच्चाको बाबुको पहिचान आवश्यक नहुने कुतर्क गरेर नेपाली महिलाहरूलाई यौन दूराचारतिर धकेल्न खोजेकि हुन् ।

उनले विदेशीसंग विवाह गरेकि नेपाली महिलाका सन्तानले आमाको नागरिकताका आधारमा नेपाली नागरिकता पाउनुपर्छ भनि उठाएको मुद्दा नेपालको अस्तित्वलाई समाप्त पार्ने पश्चिमी मिशनको अङ्ग हो ।

लेखक

आमा भनेकि बच्चाको पहिलो पाठशाला हुन् । नेपाली संस्कृतिमा महिला भनेका पारिवारीक नैतिकता, विनम्रता र ममताका खानी हुन् । यिनै विशषेताहरूले पूर्वीय पारिवारिक संस्कृति आदर्शको प्रतीकका रुपमा जीवित छ ।

पूर्वीय सभ्यताले महिलालाई श्रृष्टिको मूलका रुपमा पूजा गर्दछ जबकि पश्चिमी धार्मिक सभ्यतामा महिलाहरूलाई आत्मा नभएका किचकिन्निका रुपमा ब्याख्या गरेको छ ।

न्यायमूर्तिका रुपमा पदासिन सपना प्रधान ‘मल्ल’ले नेपाली चेलीहरूलाई कुनै पुरुषप्रति निष्ठा नभएका सडकछाप वेश्या र आत्मा नभएका किचकिन्नी बनाउन खोजीरहेकि छिन् । उनले कल्पना गरेका महिलाले सन्तानलाई कस्तो बनाउँछन् भन्ने कुरा एक पटक संझनुहोस् !

यो पूर्वीय सभ्यता र संस्कृतिका विरुद्धमा पश्चिमी साम्राज्यवादले चलाउँदै आएको संघर्षको एउटा भाग हो । पूर्वीय सभ्यता र संस्कृतिमा महिलाको पतनले परिवारको पतन हुन्छ, परिवारको पतनले समाजको पतन हुन्छ, समाजको पतनले राज्य प्रणालिको पतन हुन्छ र राज्य प्रणालीको पतनले राष्ट्रको पतन हुन्छ । सपना प्रधान ‘मल्ल’ नेपालको पतन गराउने पश्चिमी मिशनको कलपूर्जाका रुपमा नेपाली महिलाहरूको पतन गराउने धन्धामा लागेकि छिन् ।

उनको ‘महिला अधिकार’को खोल माछा फसाउनका लागि बल्छीमा उनिएको चारो हो । यिनीहरूलाई पश्चिमा दानको अकुत संपत्ति ७ पुस्ता सन्तानलाई पुग्ने भैसकेको छ । यस्ता छदमभेषीहरूका विरुद्धमा महिलाहरू जाग ! (दाहालको फेसबुकबाट साभार)

Published : Tuesday, 2019 March 5, 9:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया