कांग्रेसलाई बचाउन यो अप्रिय निर्णय लिने कि ?

दुई तिहाइको कम्युनिस्ट सरकारले आफ्नो दब्दवालाई तीब्र रुपमा अगाडि बढाइरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने आन्तरिक विवादमा रुमलिएको छ ।

कम्युनिस्टहरूसँग भिड्ने भन्दै आएको कांग्रेस आफूभित्र लड्दा लड्दै पातलो हुने अवस्थामा पुगेको छ ।

कांग्रेसभित्रको विवाद यति उग्ररुपमा बाहिर आयो कि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बैठक नै बहिस्कार गरेका छन् । सभापति शेरबहादुर देउवालाई पौडेल र सिटौला समूहले असहयोग गर्न मोर्चा कसेका छन् ।

पौडेल र सिटौलाको यो मोर्चाले देउवालाई भन्दा पनि नेपाली कांग्रेसलाई नोक्सानी गर्न शुरु गरेको छ । सरकारका कारण नेपाली कांग्रेसमाथि आमजनताको सकारात्मक धारणा बढ्दै गएको थियो ।

तर, कांग्रेसका ठूला नेताहरूको गतिविधिले पार्टीलाई धक्का पुग्ने अवस्थामा पुगेको छ । कांग्रेसका सभापति देउवालाई असहयोग गरेर पार्टीभित्र हाबी हुने योजनामा पौडेल र सिटौला छन् ।

पार्टीभित्रको विभागहरूलाई पूर्णता दिन खोज्दा देउवालाई असहयोग भएको हो । देउवाले विभागलाई पूर्णता नदिएको भनेर देउवा र सिटौला समूहले विरोध गरेका थिए ।

तर, अहिले आएर विभागलाई पूर्णता दिन खोज्दा विरोध भएको छ । बैठक नै बहिस्कार गरिएको छ । धेरै ठूला कुरा छैनन् । व्यक्तिगत भागबण्डा मिलेन भनेर देउवासँग पौडेल र सिटौला समूह उग्र भएका हुन् ।

देउवाले आफ्नो बिग्रदै गएको छविलाई सुधार गर्ने प्रयास गरिरहेका बेला पौडेल र सिटौलाले असहयोग गरेका छन् । आगामी महाधिवेशनमा देउवा पुनः सभापतिमा विजयी हुने निश्चित जस्तै देखेपछि आत्तिएका पौडेल र सिटौलाले देउवालाई रोक्न अहिलेदेखि नै अभियान चलाएका हुन् । पौडेल र सिटौला समूहको यो कार्यले देउवालाई नोक्सानी होला वा नहोला तर, नेपाली कांग्रेसलाई नोक्सानी हुनेछ ।

कांग्रेसभित्रको विवादले कम्युनिस्टहरूलाई उर्जा मिलेको छ । यस्तो अवस्थामा कांग्रेसका कार्यकर्ताहरू चिन्तित बनेका छन् । शीर्ष नेताहरूलाई मिल्न दवाव दिएका छन् ।

पौडेल र सिटौला समूह विवाद मिलाउने पक्षमा देखिएका छैनन् । यस्तै अवस्था रह्यो भने कांग्रेस गम्भीर मोडमा पुग्न नसक्ला भन्न सकिँदैन ।

विधान पारित गर्ने बेला पनि पौडेल र सिटौला समूहले असहयोग गरेको थियो । तैपनि देउवाले केन्द्रीय कार्यसमितिबाट बहुमतबाट भए पनि विधानलाई पूर्णता दिएर राम्रो काम गरेका छन् । गाउँका कार्यकर्ताले देउवालाई धन्यावाद दिएका छन् ।

Published : Thursday, 2019 February 28, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया