संबिधानकै सारथि हो राप्रपा (संयुक्त)

किरण गिरी

नेपालको संबिधान २०७२ संगको सहकार्यमा राष्ट्रियता, प्रजातन्त्र र सम्बर्धनवादी उदारवादको बैचारिक धरातलमा खडा भएको पार्टी हो, राप्रपा (संयुक्त) ।

संविधानसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्ने बित्तिकै राप्रपा (संयुक्त) संबिधान र परिबर्तनलाई आत्मसात गर्ने पार्टी नै हो । यसर्थ यो पार्टी पनि संविधान र कानून बमोजिम निर्बाचन आयोगमा दर्ता भएका अरु दलहरू जस्तै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध पार्टी हो भनेर सहजै बुझ्न सकिन्छ ।

यसले सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्ष (नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, मधेसवादी दल सबै राप्रपा र राप्रपाभित्रका संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्ध पक्ष समेत)लाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र, संबिधान संवत् ढंगबाट गठित तल्लो तह प्रादेशिक र स्थानीय तहका ईकाइहरूमा शक्ति हस्तान्तरण, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई राप्रपा (संयुक्त)ले मुख्य नीति र सिद्धान्त रुपमा अगाडि सारेको छ ।

यिनै लक्ष्य, उदेश्य र प्रतिबद्धतासहित फगुन १ गते दुबै अध्यक्षहरू पशुपति शमशेर जबरा राणा र डा.प्रकशचन्द्र लोहनीले पार्टी केन्द्रीय कार्यलय चाबहिलमा अध्यक्षको पद बाहली गर्नु भएको छ ।

योग्यता र अनुभवले खारिएका एवम् स्वच्छ छबिका धनी व्यक्तित्व अध्यक्षद्वय राणा र डा.लोहनीले अब सबै खाले राप्रपा र लोकतान्त्रिक शक्तिहरूसंग एकता र सहकार्य गरेर अगाडि बढ्न सक्नु पर्दछ ।

पार्टीभित्र पूर्ण लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्दै बिगतका सम्पूर्ण कमी कमजोरीहरूलाई हटाएर युवापुस्तालाई विश्वास गर्न र नेतृत्व प्रदान गर्न सक्नुपर्दछ । अनि मात्रै युवापुस्ताले रोजेको र युगले खोजेको बैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी पार्टीको रुपमा राप्रपा संयुक्त नेपाली जनताको मन र मस्तिष्क रहन सफल हुनेछ ।

संबिधान र परिबर्तनलाई मन वचन र कर्मले आत्मसात गर्दै अगाडि बढ्न सक्यो भने राप्रपा संयुक्तलाई नेपाली जनताले एकपटक अन्तिम अवसर दिन सक्छन् ।

समग्ररुपमा सार्थक र उपयुक्त । विकास र समृद्धिका लागि राप्रपा (संयुक्त)

६ फगुन, २०७५

(लेखक गिरी राप्रपा (संयुक्त)का केन्द्रीय सदस्य तथा केन्द्रीय संचार समितिका सदस्य समेत हुन्)

Published : Monday, 2019 February 18, 9:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया