कम्युनिस्ट सरकार यो सानो झलक मात्रै हो, कांग्रेस त्यसै सडकमा ओर्लिएको होइन

निर्वाचनका बेला कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिस्ट सत्ता आएपछि रुन पनि पाइने छैन’ भनेको सुन्दा धेरैले आश्चर्य मानेका थिए ।
देउवाले त्यस बेला यो के भनेका होलान् भनेर खिल्ली उडाएका थिए । तर, अहिले सरकारको रवैया हेर्दा देउवाले भनेको कुरा ठीक रहेछ भन्नेहरू धेरै देखिन थालेका छन् ।
विशेष गरेर संसदमा कांग्रेसमाथि भैरहेको प्रहार, कांग्रेसका सभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पतालहरू खारेज प्रक्रियामा लैजाने कार्यले ती कुराहरूलाई स्मरण गराएको हो ।
शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन भूमिका खेलका तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा स्थापना भएको श्वास प्रश्वास अस्पताल खारेज गर्नुले अहिलेको सरकारको नियतमाथि ठूलो प्रश्न उठाइदिएको छ ।
गिरिजाप्रसाद कोइरालाले दोस्रो जनआन्दोलनको नेतृत्व गरेका थिए । गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा माओवादीहरू संसदीय प्रणालीमा आएका छन् ।
सुशील कोइरालाले पनि देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिन नेतृत्वदायी भूमिका खेलेका छन् । कम्युनिस्ट प्रधानमन्त्री चार वटा हुँदा पनि संविधान बन्न सकेन । तर, संविधान बन्न नेपाली कांग्रेस नै चाहियो । सुशील कोइरालाको नेतृत्वमा संविधान बन्यो । अहिले राजनीतिक स्थायित्व छ ।
यति ठूला ठूला इतिहाँस बोकको नेताहरूको नाममा खुलेका अस्पताल खारेज गर्नुभनेको राजनीतिक पूर्वाग्रहभन्दा केही होइन भन्ने प्रस्ट भएको छ । अहिले ती दुबै अस्पतालहरू सञ्चालनमा छन् ।
बाँकेको क्यान्सर अस्पताल निर्माणाधीन अवस्थामा छ । प्रधानमन्त्री केपी ओलीको सरकारले कांग्रेसमाथि गरेको यो अन्यायले देशभरिका कांग्रेसका कार्यकर्ताहरू चित्त दुखेको छ ।
कांग्रेसका कार्यकर्ताहरू सडकमा त्यसै उत्रिएका होइनन् । ओली सरकारको अधिनायकवादकै कारण बाध्य भएर कांग्रेसका कार्यकर्ताहरू सडकमा आएका हुन् । र, आफ्ना सांसदहरूलाई सदनमा लड्न भनेका हुन् ।
सरकारले नेपाली कांग्रेसको मागलाई पूरा गर्नुपर्छ । कांग्रेसलाई फकाएर लैजाने पर्छ । कांग्रेस सजिलो पार्टी हो । यसलाई धेरै चिढ्याएर जाँदा सरकारलाई नै असहज हुनेछ ।
कांग्रेसले राखेको अडान र मागप्रति देशभरि समर्थन पनि बढिरहेको छ । यो कुरालाई ध्यान दिएर ओली सरकारले आफ्नो पुरानो निर्णयलाई सच्चाउनुपर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत