होली वाइन समारोहमा निवास छाड्नेहरू…

केवशप्रसाद भट्टराई

होली वाइन समारोहका लागि तीन दिन निवास छोडेर होटलमा बास बस्न जानेहरूले पृथ्वी जयन्तीमा दुई शव्द बोलिदिएकैलाई पृथ्वीनारायण शाहप्रति ठूलो सम्मान गरिएको बुझ्नु पर्ने भएछ ।

परस्पर विरोधी राजनीतिक आस्थाको लागि, राजनीतिक प्रणालीको लागि सानो ठूलो राजनीतिक योगदान गरे, हत्या हिंसामा पनि संलग्न रहे, केही समय सरकारमा पनि रहे नरहे होलान, कुनै क्षेत्र वा सम्प्रदाय विशेषको लागि पनि संघर्ष गरे होलान् ।

तर, उनीहरूका नाममा राज्यले सडकको नामाकरण गरेको छ, अस्पतालको नामाकरण गरेको छ ।

स्मरणीय छ, ती सडक वा अस्पताल निर्माणमा तिनको कुनै योगदान नभए पनि त्यस्तो नामकरण गरिएको छ ।

तिनका नामको प्रतिष्ठानको लागि हरेक वर्ष करोडौंको अनुदान दिने गरेको छ ।

२०४६ पछिको नेपालले पृथ्वीनारायण शाहको नाममा कुनै सडक, अस्पताल, शैक्षिक वा अन्य प्रतिष्ठानको नामाकरण गरेको छैन ।

जसले राष्ट्र निर्माण गर्यो उसको नाउमा केही छैन, उनको जन्म जयन्ती सरकारीस्तरमा मनाइन्न । सत्तारूढ दल र प्रमुख विपक्षी दलहरूले उनको जन्म जयन्ती मनाउन्नन् ।

नेपाली सेना र प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमहरूमा राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरूले पाउ कस्ट गरेको, शुभकामना दिएकोलाई सरकारका प्रवक्ताले पृथ्वीनारायण शाहकाप्रति ठूलो कृपा गरेको जस्तो गरेर टिप्पणी गरे ।

राष्ट्रपति र प्रधानमन्त्रीहरूले त कुनै स्कूलको सामयिक प्रकाशनलाई पनि शुभकामना दिएका हुन्छन नी । कार्यकर्ताकोघरको बिहा, ब्रतवन्ध, न्वारन, पास्नीमा पनि जान्छन् नी । झण्डा ओडाउन पनि जान्छन् नी । नचल्ने बस सेवाको उद्घाटन गर्न पनि जान्छन् । कुनै सामान्य चियापान कार्यक्रममा पनि जान्छन् नी ।

सवाल राष्ट्र निर्माताको जन्म जयन्तीमा राज्यस्तरबाट के गरियो भन्ने मात्रै हो ।

होली वाइन समारोहका लागि तीन दिन निवास छोडेर होटलमा बास बस्न जानेहरूले पृथ्वी जयन्तीमा दुई शव्द बोलिदिएकैलाई पृथ्वीनारायण शाहकाप्रति ठूलो सम्मान गरिएको बुझ्नु पर्ने भएछ ।

एउटा पार्टी चलाउन, पार्टीको भातृ संस्था व्यवस्थापन गर्न, पार्टीको एउटा मुख पत्र प्रकाशन गर्न नसक्ने ठूला दल भनिएकाहरूले त्यो समयको गोरखाका राजाले विशाल नेपालको एकीकरण कसरी गरे होलान त्यसबारे गम्भीर र जिम्मेवार ढंगले सोच्नु पर्दैन ? उनले नेपाल निर्माण नगरिदिएको भए यिनको हैसियत के हुन्थ्यो होला ?

Published : Saturday, 2019 January 12, 12:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया