जसले नेपाली हवाईमार्गको पूरै नक्सा कोर्‍यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ बैशाख २०७५ मा जनकपुर भ्रमणमा आउँदा भनेका थिए, ‘भगवान राम जनकपुरधाममा आएर धनुष तोडेको सबैलाई थाहा भएको कुरा हो । सारा संसारमा यस्तो घटना पहिलो पटक भएको थियो । जुन शस्त्र रूपी धनुषलाई तोडेर एक नयाँ सम्बन्ध जोडिएको थियो ।’

राम र सीताको प्रसङ्लाई उठाउँदै मोदीले अयोध्या र जनकपुरधामको सम्बन्ध अर्थात् अहिलेको नेपाल र भारतवर्षको सम्बन्ध त्यही युगदेखि चल्दै आएको उल्लेख गरेका थिए ।

‘धनुष तोडेर प्रेम सम्बन्ध जोडियो । धनुष टुट्नु भनेको शस्त्र टुटनु हो’, मोदीले भनेका थिए, ‘राम सीताको मिलन प्रेमको द्योतक हो । यो मात्र दुई आत्माको मिलन थिएन्, यो त दुई राज घरानाको मिलन पनि होइन्, बल्कि दुई संस्कृतिको मिलन थियो ।’

भारतीय प्रधानमन्त्री मोदीले भने झैं नेपाली र भारतीय जनताको रहनसहन, संस्कृतिदेखि धेरै कुरा मिलिरहेको छ । त्रेतायुगदेखिकै सम्बन्ध यो दुई देशबीचको रही आएको छ । यही सम्बन्धकाबीच भारतले नेपाललाई सहयोग गर्दै आएको छ ।

सन १९५० को सन्धी पछि नेपालको विभिन्न क्षेत्रमा भारतले सहयोग स्वरुप निर्माणको काम गर्दै आएको छ । सडक, विद्यालय, कार्यालय भवन र विमानस्थल निर्माणमा भारतले नेपालका लागि अर्वौ रुपैया खर्चेको छ ।

नेपालमा बनाईएको ६ वटा विमास्थलहरु महत्वपूर्ण एवं ऐतिहासिक छ । भारतको सहयोगमा बनाईएको विमास्थलबाट दैनिक हजारौं नेपाली जनताले लाभ लिईरहेका छन् । नेपालका पहाडी जिल्लामा निर्माण कार्य गर्न अति कठिनाई भएतापनि भारतद्धारा त्यसलाई चिर्दै सडक, विमानस्थलहरुलगायतका निर्माण हुनुलाई सह्रानीय भन्नैपर्छ ।

भारतको सहयोगमा सन १९५१ देखि १९५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाई जनतालाई सहजता गराएको थियो । त्यस बखत सन १९५४ देखि १९६३ सम्मका लागि नेपाल सरकार र भारत सरकारबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल, कर्मचारी आवास र सडक निर्माणका लागि सम्झौता भएको थियो । त्यस बखत भारत सरकारको तर्फबाट भारतीय रु ४ लाख ६० हजार बराबरको काम सम्पन्न भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारत सरकारले १९६४ मा नेपालसँग सम्झौता गरी विराटनगर, जनकपुर, सिमरा, भैरहवा र पोखरा विमानस्थलको निर्माण गरेको थियो । जसमा कर्मचारी आवास, टर्मिनल भवन, पेटी सडक र सहायक सडकहरु निर्माण गरिएको थियो । जसको लागत ५० लाख भारतीय रुँपैया थियो ।

भारतको सहयोग र नेपालको विकास

भारतले विमानस्थल र सडक निर्माण मात्र होइन्, कृषि, सामाजिक सुरक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत लगानी गर्दै आइरहेको छ । केही वर्ष अगाडि देखि अरबौं रुपैयाको लागतमा भारतले हुलाकी सडक निर्माण कार्यलाई तिब्रता दिएको छ ।

नेपालको अधिकांश जिल्लामा छात्रावास, विद्यालय निर्माण, स्वास्थ्य भवन निर्माण, सहायक सडकको निर्माण पनि भारतको सहयोगमा भएको छ । खासगरी पहाडी क्षेत्रमा लगानी गर्दा काम गर्न समस्या हुँदा पनि सबै समस्यासँग जुधेर कामहरु सम्पन्न गरेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

साना सिचाई देखि ठूलो सिचाईका लागि काठमाडौंस्थित भारतीय दूतावासले प्रत्येक वर्ष केही न केही रकम छुट्याउँदै आइरहेको छ । भारतीय सहयोगले फड्को मारेको देशमा अझै पनि वर्षेनी केही न केही मात्रामा भारतीय सहयोग भित्रिरहेको कसैसँग लुकेको छैन । यसले नेपाल भारतको सम्बन्धलाई उर्जा थप्दै लगिरहेको नेपाल भारत मैत्री संघका सप्तरी अध्यक्ष मनोज मुन्धडा बताउँछन् ।

हवाई रुटमा अपरिहार्य सहयोग

विदेशबाट नेपाल आउने जहाजहरु भारत हुँदै नेपाल प्रवेश गरिरहेका छन् । हवाई रुट प्रयोग गर्न दिएर भारतले नेपाललाई सहयोग गरिरहेको छ ।

विदेशी एयरलाइन्सहरुले दुईवटा विन्दुबाट नेपाल छिर्न पाउँछन । कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै प्रवेश गर्छन । भुटानबाट आउने विमान तुम्लिङटारमाथिको हवाई विन्दुबाट पस्छन । नेपालबाट बाहिरिँदा महेन्द्रनगरबाट दिल्ली, भैरहवाबाट लखनउ, जनकपुरबाट पटना र कोलकाता तथा विराटनगरबाट ढाका रुट मात्र प्रयोग गर्न पाइन्छ ।

भुटानका लागि बनाइएको मेची/तुम्लिङटारको हवाई विन्दु भने दुईतर्फी हो । यो रुट भुटानका हवाई कम्पनीले मात्रै प्रयोग गर्छन । उत्तर ल्हासातर्फको रुट पनि दुईतर्फी छ । यो रुट ल्हासाबाट नेपाल आउने विमानले मात्रै प्रयोग गर्छन । चीनका अन्य सहरबाट आउने विमान भने भारतबाट सिमरा हुँदै पस्नुपर्छ ।

सरकारले सन् २००९ मा भारतसँग वार्षिक १५ लाख ६० हजार हवाई सिटको सम्झौता गरेको छ । दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदरबाद र कोलकातामा प्रति साता ३० हजार सिट यात्रु उडाउन पाउँछन । नेपालबाट भारतका देहरादून, बागडौरा, गोरखपुर लगायत २१ वटा पर्यटकीय शहरमा भने जति पनि यात्रु आउजाउ गर्न पाउँछन ।

यद्यपि विगत केही समयदेखि भारतले हबाई रुट दिन मानेन, हवाई नाकाबन्दी गर्‍यो, नेपाली हवाई मार्गमा अबरोध पुर्‍यायो जस्ता प्रायोजित सन्देशहरु प्रवाह गरिँदैछ । जसले नेपालको पूरै हवाईमार्गको नक्सा कोर्‍यो, उसै माथि यसप्रकारको आरोपहरु लगाउनु दुःखद हो ।

भारतीय लगानीले नेपाल भारत सम्बन्धमा नयाँ आयाम

भारतीय लगानी नेपालको विकासमा थप उर्जा प्रदान गरिरहेको छ । नेपाल–भारतको सम्बनधलाई अझै उचाइँमा पुर्‍याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३ पटक नेपाल भ्रमणमा आईसकेका छन् ।

भ्रमणमा आएको समयमा मोदीले नेपालको सम्बन्ध विस्तारका लागि केही न केही विकासिय योजनाहरु दिएकै छन् । यसबीचमा योजनाहरु कार्यान्वयनमा आएर कतिपय स्थानमा काम सम्पन्न पनि भईसकेको छ ।

मोदी नेपाल आउँदा भनेका थिए, ‘नेपाल जमिनले मात्रै नजोडिएर अब जलमार्गले पनि भारतसँग जोडिनेछ ।’

यो कार्य कार्यान्वयनका लागि नेपाल सरकारले जलमार्ग अध्ययन सुरु गरिसकेको छ । नेपालका पर्यटन, जलस्रोत लगायतका पूर्वाधारका विकासका लागि पनि मोदीको नेपाल भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

Published : Monday, 2018 December 24, 8:13 pm

1 प्रतिकृया प्राप्त “जसले नेपाली हवाईमार्गको पूरै नक्सा कोर्‍यो”

  • Sahayog ko lagi dherai dherai dhanyabaad . Tara jati sahayog bhayo tyo bhandaa daval aaphno swrtha pani chha.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया