चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न प्रदीप ज्ञवालीलाई सीआइएको निम्तो

भरत दाहाल

पश्चिमा देशहरूले नेपाललार्इ इण्डियन आँखाले हेर्ने गरेको भन्ने भ्रम रहेको छ । नेपालमा। वास्तविकता के हो भने तिनीहरू इण्डियामार्फत् खेल्ने गर्दै आएका छन् । यो रणनीति अपनाउनुको बाध्यता थियो – ‘नेपालसंग रहेको भौगोलिक दूरी र यसका २ छिमेकीहरूमध्ये सँधैको शत्रु चीनसंग लड्न इण्डियालार्इ हातमा नलिइ नहुने बाध्यता ।’ तर, अब यो अवस्था पनि अन्त्य हुने दिशामा छ।

अहिले अमेरिका तथा चीनका बीचको छदम युद्ध उत्कर्षमा छ । इण्डियाले चीन विरोधी अमेरिकी रणनीतिलार्इ युद्धस्तरमा हुबहु साथ दिनसक्ने ग्यारेन्टी छैन । पश्चिमाहरूको जालमा नफस्न इण्डियनहरूमाथि रूसले ठूलो दबाब दिइरहेको छ । स्वयं अमेरिकाले आर्इएनजिओहरू र सिआर्इएको प्रयासमा आफै काम गर्न सक्ने गरी नेपालको कथित बौद्धिक वृत्तमा ठूलो जत्था बनाइसकेको छ ।

चीनसंग युद्ध नै हुने हो कि भन्ने वातावरण बन्दै गएको अवस्थामा अमेरिका इण्डियामाथि निर्भर भएर काम गर्न पनि सक्दैन । लामो गृहकार्यपछि माधव नेपालको अग्रसरतामा माफिया मुन गिरोहको सम्मेलन गराएर नेपालमा आफ्नो शक्तिको प्रदर्शन र जासुसहरूको केन्द्रिकरण गरेर जबर्जस्त अस्तित्वको संकेत दिन खोजेको हो । यसपछि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका बोलाइएका छन् ।

प्रदीप ज्ञवालीको भ्रमणका पछाडि अमेरिकी रणनीतिलार्इ नेपालमा कसरी सुदृढ गर्ने भन्ने मुद्दा छ भन्ने कुरामा शंका छैन । काठमाडौं सिआर्इए आयोजित मुन सम्मेलनको उनी मुख्य प्रचारकमध्येका एक हुन् । उनीसंग मुख्यतः नेपालमा अमेरिकी भूमिकालार्इ बलियो बनाउन कसरी अघि बढ्ने र नेपालमा हुन सक्ने चिनियाँ राष्ट्रपतिको भ्रमण कसरी निष्प्रभावी बनाउने भन्ने विषयमा सल्लाह हुने कुरामा शंका छैन ।

अमेरिकाले यतिबेला सरकारमा सिआर्इएको नेटवर्कमा रहेका कुतत्वहरूको हालीमुहाली रहेको फाइदा कसरी उठाउने भन्नेतिर ध्यान केन्द्रित गरेको छ । डेढ दशकपछि अमेरिकाले नेपालका शासकहरूको भ्रमणलार्इ दिएको महत्वको कारण यही हो । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि विश्वका सबै देशहरूसंगको सम्बन्ध आफ्नै रणनीतिअनुसार अघि बढाउने कुराले झनै प्रश्रय पाएको छ । (भरत दाहालको फेसबुकबाट साभार)

Published : Monday, 2018 December 17, 9:20 am

1 प्रतिकृया प्राप्त “चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न प्रदीप ज्ञवालीलाई सीआइएको निम्तो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया