गगनको धम्कीले लुकेर बसेका ‘काला’ कम्युनिस्टहरु तर्सिए

सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले मेरो ध्यानाकर्षण गरेको छ ।

उक्त भिडियोको सुरुवातमै १३ वर्ष अगाडि नोबेम्बर २२ ,२००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन(यूपीएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएको छ ।

युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले ग¥यो त्यो विषयमा हाम्रो कुनै चासो छैन । तर सोही दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ ।

पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । (स्मरण रहोसस त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो, त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनस्र्थापना गरेको थियो ।) दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन ।

यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ ।

यस्तै उक्त भिडियो क्लिपमा नेपाल सरकार र यूपीएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ – एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी’ ‘घोषणा गरेकी हक जा हन मुनलाई’ सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले वैधानिकता दिएको भनेका छन ।

नेपालमा ईश्वरीय राज्य स्थापना गरिएको भनिएको छ । यो नेपाल र नेपाली जनताको घोर अपमान हो । इसाई धर्मसंग आवद्ध कोरियन अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपीएफ) अन्तर्राष्ट्रिय रुपमानै विवादास्पद र बदनाम संस्था हो ।

नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्था यूपीएफले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेका छन् । यसले नेपालको आफ्नो मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेकै छ, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको छ ।

यस किसिमको गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ ।

यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सैह्य हुँदैन । त्यसैले यूपीएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाइनुपर्दछ । साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरी आवश्यक कारबाही गर्नुपर्दछ ताकि यूपीएफले अहिले गरेको जस्तो दुरुपयोग र दुस्साहस अरुले गर्न नपाउन ।

अन्त्यमा, उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी अहोदाका व्यक्तिको भूमिकामाथि अनेकन प्रश्नहरू उठाएको छ ।

त्यस वारेमा तत् तत् व्यक्ति र निकायले प्रष्ट्याउलान नै तर यस किसिमको विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरे पनि जनताले त्यस्ता मान्छेहरूको हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने नै छन् । (गगन थापाको आधिकारिक फेसबुक पेजबाट साभार)

Published : Thursday, 2018 December 13, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया