नेकपा हातबाट फुफत्किने भएपछि ओली चिन्तित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट बनेका नेताहरूले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेपछि विवाद बाहिर आएको हो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, बामवेद गौतम र नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीका विरुद्ध विद्रोह गरेका हुन् । केन्द्रीय सचिवालय बैठकमा देखिएको समिकरणबाट ओली झस्किएका छन् । ओली आफ्नो पकडबाट नेकपा फुत्किने हो कि भन्ने चिन्तामा छन् ।

सचिवालय बैठकमा ओली अल्मतमा परिसकेका छन् । स्थायी समितिमा पनि ओली अल्मतमा छन् । पोलिटब्युरो र केन्द्रीय कमिटीमा पनि ओलीको राम्रो पकड छैन । यस्तो अवस्थामा ओलीलाई नेकपाबाट ठूलो दवाव छ ।

उनले नेताहरूको चाहना अनुसार निर्णय र काम नगर्ने हो भने प्रधानमन्त्री र अध्यक्ष पदमध्ये एउटा गुमाउने अवस्था आउनेछ । त्यस्तै अवस्था रह्यो भने ओलीका दुबै पदमाथि संकट पनि पर्ने खतरा छ ।

यो अवस्था बुझेर ओलीले स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय कमिटी छल्न खोजेका छन् । उनी बिरामी भएपछि त झन् हाइसञ्चो भएको छ । ओलीलाई फेस सेभिङ गर्न तत्कालका लागि सहज भएको छ । ओलीले अबका दिनमा आफूलाई सुधार गर्नै पर्छ । होइन भने झन् समस्या हुनेछ ।

ओलीका सल्लाहकारहरूबाट राम्रो र उचित सल्लाह नआएकै कारण लोकप्रियता खस्किदै गएको छ । ओलीको खस्किदो लोकप्रियताबाट बिरोधीहरूले फाइदा लिनेछन् ।

त्यसैले ओलीको अनुकूल रहेको राज्य सत्ताबाट जनता र देशका लागि राम्रो काम गर्नुपर्ने दायित्वबाट बाहिर जानु हुँदैन । अबको ओलीको बिकल्प भनेको नेकपाभित्रको विवाद अन्त्य गरेर विकास र समृति तथा भ्रष्टाचारको अन्त्य गरियो भने उचित हुनेछ । होइन भने ओलीका दिन झन् बिग्रिने अवस्था आउनेछ । (ब्लग)

Published : Thursday, 2018 December 13, 11:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया