यस्तो रहेछ जनता डस्ने कम्युनिस्ट सरकारको असलीयत

केशवप्रसाद भट्टराई

एउटा नेपाली उपभोक्ताले भारतीय वा चिनियाँ उपभोक्ताले भन्दा किन महँगोमा समान खरीद गर्न वाध्य हुनु पर्ने ? महँगोमा सामान खरिद गरे वापत नेपाली उपभोक्तालाई सरकारले उनीहरूले भन्दा थप सुविधा, सुरक्षा र अवसर उपलव्ध गराएको छ ?

चिनी उद्योगीहरू भारतीय चिनीसँग प्रतिष्पर्धा गर्न नसक्ने अनि भारतबाट आयात हुने चिनीमा भन्सार बढाएर, आयात नियन्त्रण गरेर चिनीको मूल्य अत्यधिक वृद्धि गराएर उपभोक्तालाई डस्ने ।

अन्य फलफूल र तरकारी उत्पादनको हकमा पनि सरकारले हस्तक्षेप गरेर अन्य मुलुकका उत्पादनलाई रोक लगाउनु पर्ने र नेपाली तरकारी र फलफूल उत्पादकहरूलाई बढी मुनाफाको अवशर दिनुपर्ने माग भएको पढिन्छ सुनिन्छ ।

नेपाली औषधि उत्पादकहरू भारतीय औषधि उत्पादकहरूसँग गुणस्तर र मूल्यमा प्रतिष्पर्धा गर्न नसक्ने अनि सिन्डिकेट खडागरेर गतिला भारतीय कम्पनीका असरदार औषधि आयातमा सरकारका सम्वन्धित नीति निर्माता र औषधि व्यवस्थापकहरूलाई पैसाले पेलेर अनेकौं बखेडा खडा गरेर आयात हुन नदिने गरेको औषधि पसलेहरू र डाक्टरहरूले भन्ने गरेको सुनिन्छ ।

उनीहरूका नाफाका लागि बिरामीहरूले थप पीडा, आर्थिक व्ययभार र स्वास्थ्य र जीवनको असुरक्षा भोग्नु पर्ने ?

केशवप्रसाद भट्टराई

जुन क्षेत्रमा भारत–चीन आदि देशका उत्पादकहरूसँग प्रतिष्पर्धा गर्न सक्छौ त्यही उत्पादन गर । तुलनात्मक लाभका क्षेत्रहरू खोज ।
राज्यको सहयोग र सुविधा खोज तर उपभोक्ताले बढी मूल्यको भार नबोकाउ ।

नेपाली उद्योगीहरूको स्वार्थको लागि बिरामीहरूको स्वास्थ्यसँग खेलवाड हुने गरी कम गुणस्तरका औषधिलाई संरक्षण दिन सकिन्न भनेर उत्पादकहरूलाई स्पष्ट भन सरकार । नेपालमा राम्रो औषधि नपाइने, पाइनेले नछुने अनि सामान्य औषधि उपचारको लागि पनि भारत जानु परेको बताउने थुप्रै भेटिन्छन ।

जनताले आफ्नो गोजीको पैसाबाट खरिद गर्ने समान उसले बजारबाट छानेर किन्न पाउनु पर्दछ सरकार । त्यो नगारिक उपभोक्ताको प्रथम हक र अधिकार हो ।

अरूको मुनाफाकालागि जनताले आर्थिक र अन्य दण्ड किन भोग्नु पर्ने सरकार ? उत्पादकहरूको कमजोर प्रतिष्पर्धात्मक क्षमताको क्षतिपूर्ति मैले मेरो सीमित आयबाट किन बेहोर्ने सरकार ?
सरकारलाई, राजनीतिक नेताहरूलाई, तिम्रो दललाई, तिम्रा लाखौं कार्यकर्तालाई, तिम्रा ढोके, बैठकेहरूलाई, अनि तिम्रा उद्योगपति र व्यापारीहरूलाई धनी बनाउन पनि तिमीले कुनै लाभ नपुर्याएका आम जनताले सधैंभरि दण्ड पाइरहनु पर्ने ?

एउटा भारतीय, चिनियाँ, बंगलादेशी वा भुटानी नागरिकसँग नेपाली नागरिकसँग भन्दा बढी कर लिएर वा त्यहाँका उपभोक्ताले भन्दा बढी मूल्य तिरेर तिम्रो नागरिकले उपभोग्य सामान खरिद गर्नुको औचित्य तिमीले नागरिकलाई दिनु पर्दछ सरकार । तिमी तल्सिङ र जनता करदाता र रैती हुनु बाहेक अन्य कुनै कारण छ सरकार ? (फेसबुकबाट साभार)

Published : Monday, 2018 October 22, 7:56 am

1 प्रतिकृया प्राप्त “यस्तो रहेछ जनता डस्ने कम्युनिस्ट सरकारको असलीयत”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया