देउवाको कुराले कम्युनिस्टहरूलाई छट्पटी

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको समग्र आर्थिक विकासका लागि आ—आफ्नो स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको औल्याँएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दसैँ शुभकामना वक्तव्य जारी गर्दै विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुकवासी र लोकतन्त्रका पक्षमा दलगत स्वार्थ र सीमा भन्दा माथि उठ्न आग्रह गरेका छन् ।

देउवाले जनताको लामो त्यागपछि आफ्नो पार्टीको नेतृत्वमा स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न भई संविधानको कार्यान्वयन भैसकेको र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको दाबी समेत गरेका छन् ।

यद्दपी उनले आर्थिक विकासका लागि चुनौति कायमै रहेको भन्दै त्यसलाई संवोधन गर्न सबैलाई आग्रह गरेका छन् ।

त्यसका लागि विजया दशमीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको उनले बताएका छन् ।

देउवाले नेपालीबीचको एकता, बन्धुत्व र सदभावलाई अझै मजबुद बनाउन दसैँ लगायत पर्वले सहयोग पुर्‍याउने विश्वास गरेका छन् ।

वक्तव्यमा भनिएको छ’, नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।

Published : Thursday, 2018 October 18, 6:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया