ओलीलाई फालेर प्रधानमन्त्रीमा बाबुरामको चर्चा

खासै पत्यार त लागिहालेको छैन । तर, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पूर्वमाओवादी समूह, वामदेव गौतम–झलनाथ खनाल समूह, उक्त दलभित्रको क्रिश्चियन लबी, कांग्रेसभित्रको कट्टर गणतान्त्रिक लबी, हृदयेश त्रिपाठी समूह र राजपाहरू केपी ओलीको ठाउँमा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने गृहकार्यमा रहेको छ ।

ओलीविरुद्धको चौतर्फी प्रहार र पार्टीको आन्तरिक असहयोगको पछाडि त्यो रणनीतिले काम गरिरहेको छ । ओली गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको सवालमा त्यति प्रतिवद्ध नभएकोले भारतीय राजनीतिमा नरेन्द्र मोदी विरोधी राजनीतिक शक्तिहरू, भारत र पश्चिमका क्रिश्चियन लबी सबैतिरबाट ओलीमाथि आक्रमण बढाएर उनीविरूद्ध शक्तिशाली जनमत निर्माण गर्ने पक्षमा रहेको छ ।

त्यसैको नाममा पार्टीको भविष्यको नाममा उनीविरुद्ध पार्टीलाई उभ्याउन सकिने सोँच अन्तर्गत काम भैरहेको छ ।

ओलीको दलकै र उनी निकट भनिएका मुख्यमन्त्रीहरूले एकपटक प्रधानमन्त्री र आफ्नै दलका नेता तथा अध्यक्षसँग एकचोटी पूर्व परामर्श समेत नगरी संघीय सरकारविरुद्धको सामूहिक मोर्चावन्दीले पनि भित्रभित्रै ठूलै भाँडोमा खिचडी पाकिरहेको संकेत गरेको नेता बताउन थालेका छन् ।

बाबुराम भट्टराईलाई अघि सारेर ओलीलाई हटाउने अनि आफू नै नेतृत्वमा जाने प्रचण्डको रणनीतिमा समर्थन र सहयोगको लागि मुख सुघ्न प्रचण्ड भारत गएका तथा त्यहीँ क्रममा चीन जान लागेको आरोप छ ।

ओलीका दाहिने हात भनेर चिनिएका पूर्वएमालेका अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच भएका केही असक्षम मन्त्रीहरू र ओलीका प्रमुख सहयोगीहरू पनि त्यो रणनीतिका अंग छन् ।

दशैं तिहारपछि सघनरूपमा आउने यो रणनीतिलाई ओली सरकार गठन भएको वर्ष दिन पुग्ने बेलासम्ममा कार्यान्वयन गराई सकिने भनाइ छ ।

बाबुराम भट्टराईको हालैको धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता राख्न भारतले दवाव दिएको र त्यसलाई नसुनिएकोले भारतले नाकावन्दी लगाएको धारणालाई सार्वजनिक गर्नु पछाडि नेपाल, भारत र पश्चिमा राष्ट्रहरूको क्रिश्चियन लबीलाई नेपाली राजनीतिमा पुनः सशक्त हैसियतमा स्थापना गर्नु र आफ्नो राजनीतिक महत्वाकांक्षा सिद्धि गर्नु हो भन्ने मत बलियो बन्दै गएको छ ।

हिजो पत्यार नलाग्दा नलाग्दै खिलराज रेग्मी नेतृत्वमा सरकार बन्यो । स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उदाहरण पनि छ । त्यसैले बाबुराम भट्टराई प्रधानमन्त्री नबन्लान् भन्न सकिँदैन । अस्थिरताको खेती गर्ने राजनीतिक व्यवसायमा लाग्नेहरूले जे पनि गर्न सक्ने नेताहरूको भनाइ छ ।

मुखको तीतो पोख्न र त्यसैमा स्वाद लिएर घण्टौँ समय खर्चिन सक्ने तर, सरकारको सफलता, प्रभावकारिता र विश्वसनीयता बढाउन खासै समय दिन नसकिरहेका देखिने प्रधानमन्त्री ओलीले गम्भीर ध्यान दिनुपर्ने विषय भने हो ।

(केशवप्रसाद भट्टराईको फेसबुकबाट साभार)

Published : Tuesday, 2018 September 11, 11:21 am

8 प्रतिकृया प्राप्त “ओलीलाई फालेर प्रधानमन्त्रीमा बाबुरामको चर्चा”

  • हुन त नेपालको संसद भवन भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो, त्यसैले बाबुरामलाई देखाएर प्रचण्ड प्रधानमन्त्री नहोलान भन्न सकीदैन !

  • हुन पनी सक्छ किनकी केपी बा को काम
    छैन जन्ता लाई आस् मात्र देखाउने गर्ने केही पनी होईन ओली सरकारले

  • कहिलेसम्म यस्तो अब्स्था , कहिले आऊला स्थिर सरकार ?

  • बाबुराम किन छायाँमा रहेका छन ? उनले गर्न चाहेको के हो भन्ने पनि थाहा हुन सकेको छैन । के बाबुराम जस्तो ब्यक्तित्व त्यसै हराएर जाला ? यदि त्यसो भयो भने त्यो देशकै लागि ठूलो दुर्भाग्य हुनेछ । एक पटक बाबुरामलाई देशको जिम्मा लाएर हेरौँ । उनको ज्ञान सीप र बिकास योजना खेर जानबाट बचाऔँ ।

  • देशको बिकास र जनताको समस्य प्रती कठोर लाइ मुक्ति दिलाउने र एक सुन्दर र शान्ति नेपाल बनाउन खोजेको ब्याक्ती हो त्यसैले अब यो देशमा बाबुराम जस्तो मान्छे लाइ बिर्सेर गयो भने हामी एक दुर्भाग्य हौ भन्ने सोचाइ राखे हुन्छ

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया