ओलीको काँधमा नरेन्द्र मोदीको बन्दुक

सार्क सम्मेलनलाई हुन नदिएर भारतले ठूलो बद्नाम खेप्दै आएको छ । सार्क सम्मेलनमा पाकिस्तान सहभागी भएपछि भारतलाई पुहिला देखिनै टाउको दुखाई बन्दै आएको थियो । भारतले पाकिस्तानका कारण सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जनाएपछि अबरुद्ध हुँदै आएको छ ।

सार्कलाई ओझेलमा पार्ने गरेर भारतले बिम्स्टेक सम्मेलनलाई बढावा दिएको छ । भारतकै योजना र दवावमा नेपालले बिम्स्टेक सम्मेलन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्कलाई भन्दा पनि बिम्स्टेक सम्मेलनलाई प्राथमिकता दिन खोजेको देखियो ।

भारतले जहिले पनि पाकिस्तानलाई अन्तर्राष्ट्रिय फोरमहरूमा एक्ल्याउन चाहन्छ । भारतको चाहनाअनुसार नेपालका प्रधानमन्त्री केपी ओलीले पनि बिम्स्टेक सम्मेलनलाई महत्व दिएको आरोप छ । यदि यस्तै अवस्था रहने हो भने दक्षिण एसियामा भारतको दवदवा झन् बढ्नेछ । साना देशहरूलाई भारतले महत्व दिनेछैन । आफू अनुकुल प्रयोग गर्नेछ ।

पाकिस्तातलाई एक्ल्याउन मात्रै होइन भरतले चीनलाई पनि बिम्स्टेकमार्फत धम्की दिने प्रयास गरेको छ । भदौको अन्तिम साता बिम्स्टेक राष्ट्रका देशहरूको संयुक्त सैन्य अध्यास गरेर चीनसँगको बदला लिन पनि भारतले चाहेको छ । भारतले नेपालका प्रधानमन्त्री ओलीलाई प्रयोग गरेर आफ्ना उदेश्यहरू क्रमशः पूरा गर्दै गएको छ ।

नेपालले बिम्स्टेकलाई भन्दा पनि सार्क सम्मेलनलाई महत्व दिनुपर्ने हो । भारतको दवाव अगाडि नेपालको पनि केही लागेको छैन । बिम्स्टेक सम्मेलनले नेपालसँग चीन र पाकिस्तान टाढिने खतरा उत्तिकै छ ।

चीनले नेपाललाई विश्वास नगरिरहेको बेला बिम्स्टेक सम्मेलनले झन् अविश्वास पैदा गरिदिएको चर्चा छ । प्रधानमन्त्री ओलीले पनि बिम्स्टेक सम्मेलनलाई महत्व दिएको चीनको बुझाइ छ । चीनले बिम्स्टेकलाई धेरै रुचाएको छैन ।

राजनीतिक विश्लेषकहरूले आफ्नो स्वार्थपूर्ति गर्न भारतले बिम्स्टेक मार्फत नेपालका प्रधानमन्त्री ओलीको काँधमा बन्दुक राखेर गोली पड्काएको चर्चा हुन थालेको छ । नेपालले कुटनीतिक पहलमार्फत चीन र पाकिस्तानलाई समदुरीमा राख्न सक्नुपर्छ । भारतको गोटी बन्नु हुँदैन ।

नेकपाका नेता भीम रावलले बिम्स्टेकका नाममा सैन्य संयुक्त तालिम गर्ने विषयको जोडदार रुपमा विरोध गरेका छन् । रावलले प्रधानमन्त्री ओलीलाई सैन्य संयुक्त तालिम नगर्न सुझाव दिएका छन् ।

Published : Thursday, 2018 September 6, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया