कांग्रेसलाई दुश्मन देख्ने कम्युनिस्टहरूको पतन निश्चित छ

निर्वाचनका बेला खड्गप्रसाद ओलीले बोलेका कुराहरू सामाजिक सञ्जालमा आइरहेका छन् । ओलीले तत्कालीन एमालेले जित्यो भने वृद्धिवृद्धालाई घरघरमै आएर पाँच हजारका दरले वृद्ध भत्ता दिने बाचा गरेका थिए ।

तर, ओली त्यो कुराबाट पूरै पन्छिएका छन् । ओलीले यस्तो थुप्रै आश्वासन दिएका थिए । भोट बटुल्न ओलीले बोलेका ती कुराहरू सबै हराएका छन् । बिजुली गए जस्तै गरेर ओली पनि ती आश्वासनहरू भुलेका छन् ।

सानो घेराभित्र रहेका ओलीले जनताका कुरा सन्न फुर्सद छैन । उनले आफूलाई जनताको प्रधानमन्त्री भन्न रुचाउन ओलीले एकपछि अर्को निरंकुश शैलीहरू अपनाउँदै गएका छन् ।

उनले आफूलाई सुधार गर्नेभन्दा पनि कसरी निरंकुश बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेका छन् । ओलीले नागरिकका अधिकार कुण्ठित हुने गरेर सरकारका कामकारबाही अगाडि बढाइ रहेका छन् ।

ओलीले आफ्नो यस्ता निरंकुश कदमलाई नरोक्ने हो भने कम्युनिस्टहरूको पतन निश्चयनै हुनेछ । ओलीले लोकतान्त्रिक पद्धति र व्यवहारलाई ध्यान दिनुपर्छ । लोकतान्त्रिक पद्धतिमा मुलुकको भविष्य छ ।

होइन भने देश भ्रष्टाचार र अनियमितताले जरजर बन्नेछ । ओलीकै कार्यालयमा जसरी भ्रष्टाचार मौलाएको छ त्यसले मुलुक कम्युनिस्ट सत्ता रहेसम्म यस्तै अवस्थामा रहन्छ भन्ने संकेत गरेको छ । अब नेपाली जनताले कम्युनिस्ट सरकारलाई खबरदारी गरेर भ्रष्टाचारमुक्त बनाउनुपर्छ । सरकारले पनि मुलुकलाई भ्रष्टाचार हुनबाट रोक्नुपर्छ ।

ओलीले विपक्षीहरूलाई चिढ्याउने काम पनि बन्द गर्नुपर्छ । होइन भने कांग्रेसले सरकारविरुद्ध कडा आन्दोलन गर्‍यो भने त्यसले उसलाई नै बेफाइदा हुनेछ । (ब्लग)

Published : Friday, 2018 August 24, 11:55 am

1 प्रतिकृया प्राप्त “कांग्रेसलाई दुश्मन देख्ने कम्युनिस्टहरूको पतन निश्चित छ”

  • मनासीब छ यो कुरो।अब कम्युनिस्टहरू उधोगती तर्फ लम्कदै छघ।चूनावको बेला जनताको माझ बोलेका कुरा गरेका बाचा सब बीर्सीयेर तानाशाह लाउदै छ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया