कम्युनिस्टहरूले करको नाममा अति गरेर, जाग कांग्रेस, जनताको आवाज उठा

संघीयता आएपछि जनताले सहज रुपमा सेवा पाउनेछन् भनेर सोँचेका थिए । सिंहदरबारको अधिकार गाउँमा पुग्छ भनिएको थियो ।

सिंहदरबारको अधिकार गाउँमा पुग्यो । तर, व्याजसहित । केन्द्र, प्रदेश र स्थानीय तहले लगाएको करले जनताको ढाड सेकिएको छ । जनप्रतिनिधिहरूले जथाभावी रुपमा कर उठाएका छन् । धमाधम कर उठाउने निर्णयहरू गरेका छन् । साधारण कुरामा पनि कर लिइएको छ ।

जन्म, मृत्यु, भैँसी, गाई र बाख्रामा समेत कर लगाउन शुरु भएको छ । त्यति मात्रै होइन संघीयताका नाममा साइकलमा पनि कर उठाउन थालिएको छ । जनताले सजिलो होला भनेर जिताएका जनप्रतिनिधिले नै यसरी कर उठाउन थालेपछि धेरैको होसहवास उडेको छ । करको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन र धर्ना भएका छन् ।

कम्युनिस्ट सरकारले बाँडेको सपनाहरू धेरैको घरमा उजाड ल्याएको छ । यसरी जाने हो भने जनताले भोकभोकै मनुपर्ने दिन नआउला भन्न सकिँदैन । यतिसम्मकी मान्छे जन्मदा र मर्दा दर्ता गर्दा पनि ठूलो रकम कर तिर्नुपर्छ । यो तहसम्मको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

कर उठाउने बहानामा भएका यस्ता खालका अराजकताले जनतामा संघीयता विरोधी भावनाको विजारापण गर्नेछ । समयमा सत्तापक्षले ध्यन दिनुपर्छ । सत्तापक्षले ध्यान दिँदैन भने प्रतिपक्षले आवाज उठाउनु पर्छ । जनताको आवाज उठाउने भनेको प्रतिपक्ष हो । त्यो भनेको नेपाली कांग्रेसले आवाज उठाउनु पर्छ ।

करका नाममा भएका जथाभावी निर्णय र कार्यक्रमहरूलाई समयमा अबरोध गर्नुपर्छ । कर उठाएर बिलासिताका गाडी चढ्ने, तलव भत्ता खाने, सचिवालय राख्ने जस्ता कार्यले जनताको घरमा चुल्हो बल्दैन । जनप्रतिनिधिहरूले पनि यो विषयलाई ध्यान दिनै पर्छ ।

कम्युनिस्ट सरकार दुईतिहाई बहुमतको घमण्डका कारण बेलगाम बनेको छ । बेलगाम बनको कम्युनिस्टहरूलाई लगाम लगाएर रोक्नु पर्ने बेला आएको छ । कम्युनिस्टहरूलाई रोक्ने भनेको नेपाली कांग्रेसले मात्रै सक्छ । त्यसका लागि जनताको साथ चाहिन्छ । अब कांग्रेसले ढिला नगरी बेलगम भएको कम्युनिस्ट सरकारको गलत कार्यको बाटोमा अबरोध बन्नुपर्छ । (ब्लग)

Published : Thursday, 2018 August 16, 10:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया