नेविसंघको अधिवेशन सर्ने पक्का, भाँडभैलो मच्चाउँदै सानो समूह
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशन साउनको अन्तिम साता गर्ने तयारी भइरहेका बेला विभिन्न समूह र गुटले अबरोध गर्ने प्रयास थालेका छन् ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठनलाई राम्रोसँग चलाउन नसकेको भनेर आरोप लागिरहेका बेला समूह र गुटकै नेताहरू अधिवेशन विथाल्ने गरेर गतिविधि गरेपछि धेरैको मनमा चिसो पसेको छ । अध्यक्ष महरलाई समयमा बैठक बसाल्न नसकेको, नियुक्तिहरू गर्दा एकलौटी गरेको जस्ता आरोपहरू छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला निकट मानिने नेविसंघका महामन्त्री कुन्दन काफ्ले समूहले महाधिवेशन विथोल्न ठूलो षड्यन्त्र गरेको रहस्य बाहिर आएको छ । महाधिवेशन तयारी गर्न विभिन्न समिति गर्नुपर्ने भएको छ । विभिन्न निर्णयहरू आवश्यक पर्छ ।
तर, कुन्दन काफ्ले समूहले कुनै पनि विषयमा असहयोग गर्दै आएको एक नेताले बताए । ‘आफूहरूको गुट बलियो बनाउन र महाधिवेशनमा बर्चश्व देखाउन कुन्दनजीहरूले गलत काम गरिरहनु भएको छ’, एकजना केन्द्रीय सदस्यले भने, ‘कुन्दन काफ्ले समूहको यो असहयोगले नेविसंघको साउनमा हुने भनिएको अधिवेशन दशैँ तिहार पछाडि धकेलिन सक्छ ।’
मूल्य वृद्धिको आन्दोलनमा कुन्दन काफ्ले समूहले अलग रुपमा संघर्ष गरेको थियो । केन्द्रीय कार्यसमितिको आन्दोलनमा कुन्दन काफ्ले समूह सहभागी भएको थिएन ।
नेविसंघले विद्यार्थी नेताका लागि उमेरको हद तोकेपछि आत्तिएको सिटौला समूहले काफ्ले समूहलाई परिचालन गरेर विधान संशोधन गरेर जाने पक्षमा देखिएको आरोप छ । कुन्दन काफ्ले विधान संशोधन गरेर एक पटक नेविसंघको अध्यक्ष बन्ने दाउमा छन् । तर, उनको यो दाउलाई अन्य विद्यार्थी नेताहरूले रुचाएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत