चीनको अघोषित नाकाबन्दी कहिले खुल्छ कम्यनिस्ट सरकार ?

भारतको पहिलो भ्रमण गरेका प्रधानमन्त्री केपी ओलीले चीनको पनि भ्रमण थालेका छन् । चीन जानु अगाडि भारतीय पक्षलाई सन्तुष्ट बनाउने प्रयास पनि गरेका छन् ।

संसदमा सम्बोधन गर्ने बेला ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सुरक्षाकर्मीको विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । त्यति मात्रै होइन ओलीले नेपाल–भारतबीच भएका सहमति कार्यान्वयनको चरणमा रहेको दाबी गरे । त्यसका लागि सबै तयारी पूरा भएको बताए ।

चीन जानु अगाडि भारतीय पक्षलाई संकेतात्मक रुपमा ओलीले दिएको टिप्पणीले चीनमा गएपनि मन भारततिरै छ भनेर देखाएका छन् । ओलीले चीनसँग भारतलाई जस्तो महत्व नदिने संकेत पनि गरेका छन् । ओलीलाई चीनले धेरै महत्व दिएको छैन ।

ओली र कम्यनिस्ट सरकारले जति चीनको पक्षमा दाबी प्रस्तुत गरेपनि महत्वपूर्ण सम्मेलन र कार्यक्रमहरूमा बोलाएको छैन । चीनले भूकम्पको बहाना बनाएर तातोपानी नाका बन्द गरेको छ । नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । यो अघोषित नाकाबन्दी खोल्न ओलीले चीनलाई दवाव दिनुपर्छ ।

हालै दुई महिनाभित्र चीनमा भएका सम्मेलनमा चीनले ओलीलाई बोलाएन । तैपनि ओलीले विभिन्न च्यानलहरू प्रयोग गरेर चीन भ्रमणमा जाने वातावरण मिलाए । अब चीनसँग ओलीले के–के सम्झौता गर्छन् भन्ने कुरा छ । ओलीले चीनलाई हाइड्रोमा लगानी गर्न भन्ने छन् । होटेल र पर्यटनमा पनि चीनको लगानी चाहनेछन् ।

तर, चीनले नेपालमा यस्ता झिनामसिना कार्यक्रममा हात हाल्ने पक्षमा छैन । चीनले नेपालको हाइड्रो पावर र ओबिआर आयोजनामा ओलीलाई मनाउने प्रयास गर्नेछ । ओलीले चीनसँग गर्ने कुनै पनि सम्झौता र सहमतिहरू राष्ट्रहितमा हुनुपर्नेछ । होइन भने चीनले नेपाललाई आफ्नो कब्जामा राख्न सक्छ ।

नेपाललाई असर पर्ने गरेर ओलीले कुनै पनि सम्झौता गर्नु हुँदैन । भारत जत्तिकै चीन पनि नेपालका लागि खतरा छ । चीन र भारतलाई नेपालले आफ्नो हितअनुकूल प्रयोग गर्नुपर्छ । प्रधानमन्त्री ओलीले त्यही विषयलाई केन्द्रित गरेर जानुपर्नेछ । होइन भने नेपाली जताले ओलीलाई धिक्कार्नेछन् ।

Published : Thursday, 2018 June 21, 9:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया