प्रचण्डको गतिविधिबाट छक्कै परे ओली, फेला पर्‍यो प्रमाण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई छलेर विभिन्न राजनीतिक गतिविधि गर्न थालेका छन् ।

दुई स्थानमा पार्टी कार्यालय हुँदा हुँदै पनि दाहालले आफ्नै निवास खुमलटारमा ठूला राजनीतिक कार्यक्रम गर्न थालेका छन् । त्यति मात्रै होइन एक-दुई दिनमा पूर्व माओवादी पार्टीका नेताहरूसँग खुमलटारमा नियमित बैठक गर्दै आएका छन् । यसबारेमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई जानकारी नदिने गरेको स्रोतको भनाइ छ ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय छ । तर, दाहालले अटेर गरेर राजनीतिक कार्यक्रमहरू ललितपुरको खुमलटारस्थित निवासमै कार्यक्रम गर्ने गरेका छन् ।

यसको पछिल्लो उदाहरण बनेको छ मंगलबारको कार्यक्रम । दोस्रो तहका अध्यक्ष दाहालले आफ्नै निवास खुमलटारमा विवेकशील साझा पार्टी पर्साका जिल्ला अध्यक्षसहितको समूहलाई नेकपामा प्रवेश गराए ।

अर्को दलका कार्यकर्तालाई नेकपामा प्रवेश गराएर दाहालले प्रशंसनीय काम गरेका छन् । तर, अध्यक्ष ओली र पार्टी कार्यालयलाई छलेर कार्यक्रम गर्नुलाई भने गम्भीर रुपमा हेरिएको छ ।

पार्टी प्रवेश जस्तो कार्यक्रम पार्टी कार्यालयमा गर्नुपर्ने थियो । तर, प्रचण्डले ओलीलाई यसबारेमा जानकारी नै गराएनन् । त्यति मात्रै होइन धुम्बाराहीस्थित पार्टी कार्यालयमा यसबारेमा कुनै जानकारी नै दिइएको छैन ।

तत्कालीन एमालेका एकजना केन्द्रीय सदस्यले दोस्रो तहका अध्यक्ष दाहालको यो कार्यले भावनात्मक रुपमा अझै पनि पार्टी एकीकरण नभएको संकेत गरेको जनाए ।

दाहालले अहिले पनि तत्कालीन माओवादी पार्टी चलाए जसरी नेकपालाई आफ्नो दब्दवा छ भनेर देखाउन खोजेको टिप्पणी हुन थालेको छ ।

‘पुष्पकमल दाहालजीले पार्टी प्रवेश जस्तो कार्यक्रम पेरिसडाँडा या धुम्बाराहीमा गर्नुपर्ने थियो’, नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘अहिले पनि नेकपाको पहिलो नम्बरको म नै हुँ भन्ने अहम् प्रचण्डजीलाई छ । यो घटनाले समस्या उत्पन्न गर्न सक्छ ।’

अध्यक्ष दाहालले विवेकशील साझा पार्टीका नेता कार्यकर्तालाई अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको छ ।

Published : Tuesday, 2018 June 5, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया