ओली गुटको धुन्धुकारी भूमिका

– कुशुम भट्टराई

सोमहरूले वैशाख ९ गते लेनिन जयन्तीकै दिन एमाले र माओवादी केन्द्रवीच एकता गर्ने भने । तर, वैशाख ९ गते लेनिन जयन्ती मनाउँदा एउटै कार्यक्रममा दुइवटा ब्यानर राखेको देख्नुपर्‍यो । कम्तीमा दुबैलाई मान्य हुने एउटै ब्यानर बनाउनसक्ने सोँच, व्यवस्थापन कुशलता र एकताको भावना दुबैमा देखिएन । चुनावमा भोट हत्याउनकै लागि बाम एकता, स्थीर सरकार र समृद्धिको नारा दिएका रहेछन् भन्ने यसबाट पनि स्पष्ट हुन्छ ।

सवाल ब्यानरको हुँदै हैन । बरु सवाल यो हो

१. सुषमा स्वराजको भ्रमणपछि एमाले अध्यक्ष केपी ओली भारततिर बढी नै लहसीनुभएको छ । हालैको भारत भ्रमणका क्रममा ओलीले अरुण तेश्रो तथा जलमार्ग र नेपाली पानी जहाज चलाउने नाममा नेपालको पानीमा भारतको एकलौटी हैकम हुने खालका सम्झौतामा सही धस्काएर आउनुभएको छ । ओलीको राष्ट्रबाद दिल्लीमा गएर पतन भएपछि प्रचण्ड शसँकीत हुनुहुन्छ ।

२. दिल्ली भ्रमणपछि दुबै दलको एकताप्रति ओली र उहाँको गुट बाउँठीन थालेको छ । दिल्लीका माइबापहरुले ओलीलाई भनेका छन्, ‘प्रचण्डसँग एकता नगर्नुस्, हामी तपाइको साथमा छौं । प्रचण्डले किचकिच गरेमा मधेशबादी दललाई तपाइको पक्षमा लगाइहाल्छौं ।’

३. माओवादीसँग एकता नगर्ने रणनीति बमोजिम नै एमाले अचेल माओवादी केन्द्रलाई होच्याउने, एकताका सर्तहरु मान्दीन भन्ने, माओवादी केन्द्रलाई आफ्नो दलमा बिलय गराएकोजस्तो पार्नेखोज्ने, प्रधानमन्त्री र पार्टी अध्यक्ष आफै खाने आदि कुरा गर्न थालेको छ ।

४. लेनिन जयन्तीको दिन नियोजित ढगले माओवादी केन्द्रलाई भडकाउन एमालेभित्रका एकताविरोधीहरुले ब्यानरमा प्रचण्डको फोटो ओलीको भन्दा सानो राख्ने, दलको नाम लेख्दा एमालेको पुरै, माओवादी केन्द्रको सर्टकर्ट नाम राख्ने, मार्क्स, लेनिन र माओको फोटै नराख्ने आदि हर्कत गरेका हुन् । ओली गुटका अतिबादीहरु माओवादीलाई भडकाउन चाहन्थे, नभन्दै लफडा भयो । यसले प्रचण्ड र ओलीवीच नै बाझाबाझको अवस्था सिर्जना गर्‍यो ।

एमालेभित्र ओली गुटका विष्णु पौडेल, ईश्वर पोखरेल मार्का नेताहरु एकताकै पक्षमा छैनन् । सम्भवत एकताको बातावरण भाँडने र माकेलाई भडकाउने काममा यी दुइ नेताले पर्दां पछाडिबाट धुन्धुकारी भूमिका खेलेको देखिन्छ ।

Published : Monday, 2018 April 23, 9:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया