माओवादीले हँगामा गरेपछि एमालेको ओठमुख सुक्यो

काठमाडौं । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले हो–हल्ला गरेपछि दुईवटा ब्यानर राखेर कार्यक्रम गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको छुट्टै ब्यानर पनि राखिएको छ । मञ्चमा माक्र्स र लेनिनको तस्बिरलाई टेबुलमा राखिएको छ ।

यसअघि लेनिन जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा लेनिनकै तस्बिर नभएको भन्दै कार्यकर्ताले होहल्ला गरेपछि ब्यानर निकालिएको थियो ।

राष्ट्रिय सभागृहमा पुगेर एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती स्वीकार गर्दै अन्य ब्यानर पनि राख्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

आइतबार राष्ट्रिय सभा गृहमा गरिएको कार्यक्रम र एमालेबाट भएको व्यवहारबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै कार्यकर्ताहरूको मनमा चिसो पसेको छ ।

त्यसपछि दुईवटा ब्यानर राखिएको थियो । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

दुई पार्टीले बनाएको एकता संयोजन समितिले कार्यक्रमको आयोजना गरेको थियो । त्यति मात्रै होइन एमालेले बनाएको पहिलो व्यानरमा आफ्नो दलको नाम पूरा लेखिएको थियो । तर, माओवादीको नाम नेकपा (माके) भनेर लेखिएको थियो ।

नाम लेख्न कञ्जुस्याइँ गरेको भन्दै माओवादीका कार्यकर्ताले एमालेविरुद्ध नारावाजी गरेका थिए । त्यति मात्रै होइन एमालेका केन्द्रीय कार्यालयका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले केपी ओलीको मात्रै प्रशंसा गरेको भन्दै हुटिङ भएको थियो ।

Published : Sunday, 2018 April 22, 5:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया