‘इक्यान’मा पाण्डे समूहले जमायो कब्जा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी भए ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले १७७ मत ल्याए । निकटतम प्रतिस्पर्धी बस्नेतले १६५ मत पाए । निर्वाचनमा मताधिकार रहेका ३७७ मध्ये ३४३ मत खसेको थियो ।

तीनजना उपाध्यक्षमा महेशबाबु तिमिल्सिना, राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन् । तिमिल्सिना र रिजाल बस्नेत प्यानल र भट्टराई पाण्डे प्यानलका हुन् ।

महासचिवमा ६६ मतको अन्तरसहित शेषराज भट्टराई निर्वाचित भए । पाण्डे समूहका उम्मेदवार भट्टराईले २०३ मत पाएका छन् ।

सचिवमा दुबै प्यानलबाट एक एक जना निर्वाचित भए । पाण्डे प्यानलका दीपकराज भुसाल र बस्नेत प्यानलका विक्रम केसी सचिवमा विजयी भएका हुन् ।

कोषाध्यक्ष र सह–कोषाध्यक्ष दुबैमा पाण्डे प्यानलका उम्मेदवार विजयी भएका छन् । कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सह–कोषाध्यक्षमा निरुपमा महर्जन विजयी भएका छन् ।

सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, शुष्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, यज्ञविलास पौडेल, सुनीता श्रेष्ठ र प्रशान्त शाह विजयी भए । ९ सदस्यमा सात सदस्य पाण्डे समूहका हुन् ।

Published : Sunday, 2018 April 22, 11:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया