‘एमालेका नेताहरू माओवादीलाई गलाएर विलय गराउन चान्छन्’ (अन्तर्वार्ता)

– हरिबोल गजुरेल, नेता, माओवादी केन्द्र

पार्टी एकता कता पुग्यो हरिबोल जी ?

आज घोषणा गर्ने भनिएको थियो । समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । केही गृहकार्य नपुगेको कारण एकता हुन नसकेको हो ।

कुन आधारमा समानता ?

दुईवटा ठूला पार्टी हुन । निर्वाचनमा एमाले पहिलो भयो । हिजोका दिनमा माओवादी पनि पहिलो पार्टी बनेको थियो । संगठन, नेता कार्यकता र लाखौ जनताको योगदान छ । माओवादीको देनको कारण आजको यत्रो उपलब्धि भयो । कम्जोर बनाएर पार्टी एकता गर्ने कुरा भनेको त परिवर्तनलाई स्वीकार नगर्नु होईन र ?

जनयूद्ध शब्द पार्टीको विधानमा नराख्ने कुरा एमालेका नेताहरुले गर्न थालेका छन् नि ?

जनयूद्ध शब्द किन नराख्ने ? प्रतिफल सबैले खाने अनि स्वीकार नगर्ने पनि हुन्छ ? जनयूद्धको भूमिका किन स्वीकार नगर्ने हुन्छ ?

एमालेमा माओवादी मिसिन जादैछ हो ?

यो त तपाईको कुरा भयो ।

जनता र माओवादी नेताकार्यकर्ताले भन्न थालिसके नि ?

हिजो माओवादी नि पहिलो पार्टी थियो । आजद काँग्रेस सत्ता बाहिर छ । एमाले पार्टी चुनावको धाक नदिदा हुन्छ । माओवादी विचार बोकेको पार्टी हो । ऐजेण्डा सफल बनाएको पार्टी हो । परिवर्तनलाई संस्थागत गर्नको लागि एमाले पार्टी स्वीकार गरेको हो ।

एमालेको बहुदलिय जनवादलाई माओवादीले मान्न सक्दैन ?

हामीले नमानेको होईन । माओवाद र जबजलाई एकता पछि छलफलको विषय बनाउने भनिएकै छ नि ।

एमाले जबजको दृष्टिकोण आजको दिनमा पनि उत्तिकै आवश्यक छ भनिरहेको छ ?

गणतन्त्र जबजले ल्याएको हो र ? माओवादले गणतन्त्र ल्याएको हो ।

स्व.पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको कारण गणतन्त्र आएको हो भन्नेहरु पनि छन् नि ?

बेकार कुरा हो । १० वर्षिय जनयुद्धले ल्याएको हो । राजतन्त्रको बेलामा शान्तिवाटिकामा एमाले काँग्रेसका कति नेता कार्यकर्ता हुन्थे ? आज माओवादी पार्टी टुक्रेको कारण हेप्न खोज्ने ? गण्तन्त्रको स्थापना गर्ने पार्टी माओवादी हो । गणतन्त्र ल्याएर आज शक्तिशाली प्रधानमन्त्री ओली बन्नु भएको छैन् ? यो परिर्वतन स्वीकार गर्ने अनि योगदानलाई भुल्ने पनि हुन्छ ?

एमाले पार्टीले माओवादीले तपाईहरुलाई ६०-४० को भाग दिएकै हो नि ?

एमालेले हामीलाई दिएको होईन । हामीले उसलाई उसले हामीलाई दिएको हो । दोहोरो कुरा हो ।

पार्टी एकतामा जादा ६०-४० लाई किन स्वीकार गर्नु हुँदैन ?

किन स्वीकार गर्ने ? पार्टी एकता समानताको आधारमा हुुनुपर्छ । समान आधारमा एकता हुन्छ । बराबरी हैसियत छ । दुईवटा ठूला पार्टी हुन । प्रचण्डले पनि समानताका आधारमा हुनुपर्छ भन्नेमा हुनुहुन्छ ।

अहिले नै आलोपालो कुरा गर्न थाल्नु भएको छ नि ?

अहिले त फरक फरक पार्टी छौं , अनि आलोपालो र जिम्मेवारीको कुरा आउँदैन ?

केपी शर्मा पाँचवर्षको लागि प्रधानमन्त्री बन्नु भएको हो नि ?

उहाँ १० वर्ष नै हुनुहोला । फरक पार्टी भएको बेला जिम्मेवार बाँडफाड हुनुपर्छ ।

एकता रोकिनु भित्रि कारण के हो ?

एमालेका नेताहरुले माओवादीलाई गलाएर, फकारएर, विलय गराउन खोज्दै छ । सहिलै माओवादीहरु गल्दैनन् । थाक्दैनन् । विगतका धेरै दिनमा यस्ता तयारी भएकै हुन ।

आजको दिनमा ठोस् आधिकारीक धारणा आउछ त ?

आउनु पर्छ । एमाले माओवादी दुवै सकिने हो भने फरक बाटो रोजे भयो । जनताले दिएको जनमतको कदर गर्नको लागि अघि बढ्नुपर्छ । वाम एकताको कुराले नै आजको जनमत आएको हो ।

एकताको लागि समस्या चाहि के बन्यो ?

एमाले पार्टीले माओवादीको अस्तित्व स्वीकार गर्न नसक्नु नै समस्या हो । समान रुपमा माओवादीको अस्तित्व स्वीकार दगर्न नसक्नु नै आजको मुल समस्या हो । एमालेमा अंहकार जन्मीयो । त्यहि भएर एकताको दुरी बढेको हो । ०६४ मा माओवादी जित्यो ।

त्यतिबेला देखाएको अहंकारले माओवादी कम्जोर बन्यो । आज एमाले पार्टीले त्यहि गरिरहेको छ । सकिन्छ । अध्यक्षमा समान भईसकेपनि केन्द्रीय कमिटि पनि उत्तिकै समान हुनुपर्छ । कसले कसलाई दिने भन्ने कुरै होईन । हामीहरु भिखमंगा हो र ? एकता समान आधारमा हुनुपर्छ ।

आजको दिनमा माओवादी तेस्रो दलको रुपमा छ नि ?

एमाले ०६४ मा कुन स्थानमा थियो ? त्यतिबेला एमालेको हालत के थियो ? यस्ता अहंकारी कुरा कसैले गर्न मिल्दैन । एमाले भित्र अहंकार खुब छ । यसले एमालेलाई नै असर गर्छ । पार्टी एकताको नाममा आएको भोट हो । जनमतलाई धोका र अपमान गर्न मिल्छ ? कसैले कसैलाई गलाउने, फकाउने, दिने लिने जस्ता कुरा गर्नु हुँदैन । एकता महाधिवेशन पछि जे हुन्छ हुँदैजान्छ ।

एकता पछि प्रचण्ड अध्यक्ष बन्ने चाहना राख्नु भएको छ रे नि त ?

अहिले नै त्यस्तो भन्नु भएको छैन् । एकता भईसकेपछि सरकारको जिम्मेवारी एउटाले लिने । पार्टीको जिम्मेवारी एउटाले लिने भन्या न हो । सहमतिका आधारमा एकता महाधिवेशनमा जाने भनेकै हो ।

एकता कहिले होला त ?

एकता त हुन्छ । एमालेको लागि एकता झन आवश्यकता छ । त्यो कुरा एमालेले बुझेको छ । एकताको कारण एमालेलाई जनमत आयो । यसका बारेमा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवार बन्नुपर्छ । जनमत ओलीले स्वीकार गर्न सक्नुपर्छ ।

Published : Sunday, 2018 April 22, 9:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया