महन्थ ठाकुरलाई दिल्लीबाट बोलावट
काठमाडौं । कम्युनिष्ट सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर मंगलबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
नियमित स्वास्थ्य परीक्षणको बहाना बनाएर संयोजक ठाकुर दिल्ली गएका हुन् । दिल्लीमा रहँदा ठाकुरले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । सोमबार राजपा अध्यक्षमण्डलका अर्का नेता महेन्द्र राय यादव पनि दिल्ली गएका छन् ।
राजपाले कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिँदै आएको छ । प्रधानमन्त्री ओली नयाँदिल्लीबाट फिर्ता भएको दोस्रो दिन ठाकुर भारत प्रस्थान गरेका हुन् ।
Published : Tuesday, 2018 April 10, 10:40 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

यसमा तपाइको मत