कम्युनिष्टसँग डरायो भारत, गर्दै छ षड्यन्त्र

– चिरञ्जीवी शर्मा

भारत हजार जिब्रा भएको शेष नाग जस्तो नीति अबलम्बन गर्दैछ । मधेस गए ‘एक मधेस’ बनाउनुपर्छ भन्छ पहाड गए पहाडसंग त हाम्रो अटुट सम्बन्ध छ भन्छ । सेनामा भारतको लागि खुन बगाउने नै पहाडे हुन् भन्दै हमदर्दी देखाउँछ । हिजो राणाले राजा दबाउँदा होस् या राणा फाल्न राजालाई सहयोग गर्न पनि भारत नै अघि सर्छ । पञ्चायत समाप्त पार्न राजनीतिक दल सघाउँछ । तर, त्यसैलाई सफल हुन नदिन माओवादीका तत्कालीन नेतालाई सेल्टर दिन्छ त्यो पनि कृषि गेस्ट हाउसमा ।

प्रजातन्त्र आए लोकतन्त्रका नाउँमा लडाउँछ । लोकतन्त्र आए गणतन्त्र अनि गणतन्त्र आए संघीय राज्यमा जात, क्षेत्र र भूगोलभन्दै लडाउछ । कहिले भाषा र धर्मको बारेमा लडाउछ त कहिले कालो र गोरो नाक लामो र थेप्चो भन्दै लडाउछ । राजा जाँदा राजाकै पक्षमा राजनैतिक दल जाँदा गणतन्त्र हामीले ल्याइदिएको हो भन्दै कुर्लिन्छ । चीन र भारत बराबर देख्नु गलत भन्छ आफू मित्र भएको नाटक गर्छ । बास्तविकतामाथि व्याख्या गरिएका मुद्दा होइनन् । भारत सधैँ धामी र बोक्सी आफै बनेर नेपालबाट स्वार्थ लिन चाहन्छ ।

मैले उठान गर्न खोजेको विषय भनेको भारत नेपालमा जसरी पनि अशान्त फैलाउन चाहान्छ । यसैको फाइदा स्वरुप नेपालमा रहेका प्राकृतिक स्रोत हत्याउन चाहान्छ । अशान्त राष्ट्रहरू आर्थिक रूपमा तुलनात्मक अघि देखिदैनन, । उदाहरणका लागि पाकिस्तान हेरौ । अफगानिस्तान हेरौ । चाहे भर्खरै अशान्त बन्दै गरेको म्यानमार हेरौ । साम्राज्यवाद र बिस्तारबादको लक्ष्य नै महाशक्ति बन्दै गरेका देश आफ्नो निकटमा ल्याउने साना र आर्थिक रुपले तल रहेका देशलार्इ डराइ–धम्कार्इ आफ्नो अधिनमा ल्याएर आफूले शासन चलाउने नै हो । भारतले नेपाल पूर्ण रूपमा विकास भएको हेर्न चाहने मात्र नभएर सुन्न समेत चाहँदैन । यो कुरा इतिहासदेखि वर्तमानसम्म छर्लङ्ग सावित भएको छ ।

भारत नेपालमा स्थिर सरकार भए आर्थिक उन्नति हुन सक्ने डरमा बाचिरहेको छ । अझै कम्युनिष्ट सरकार बने चीनसँगको सम्बन्धले भारतलाई आर्थिक रूपमा घाटा पर्न सक्ने उसको मानसपटलमा घुमिरहेको छ । सकेसम्म कम्युनिष्टहरूबीचको एकतालाई जसरी हुन्छ भत्काएर अस्थिर राजनैतिक अवस्था ल्याउन टाउकोले टेकेर भए पनि साम, दाम, दण्ड भेद उपयोग गर्दै छ ।

केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सचेत भएनन् भने कम्युनिस्ट पार्टी त समाप्त हुने नै छ । देश र जनता सैयौँ वर्ष विस्तारवाद र साम्राज्यवादको कृडास्थल बन्ने पक्का छ । (ब्लग)

Published : Monday, 2018 February 26, 6:22 pm

1 प्रतिकृया प्राप्त “कम्युनिष्टसँग डरायो भारत, गर्दै छ षड्यन्त्र”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया