कांग्रेसविरुद्ध राष्ट्रपति कार्यालय, यस्तो छ भित्री मनसाय

राष्ट्रपति संस्था नेपालको अभिभावक संस्था हो । सो संस्थाले नेपालको सार्वभौम मात्र हैन, सबै साझा हितका लागि काम गर्नु पर्ने अपेक्षा गर्दछन् । यही कारण सो संस्थामा व्यक्ति जो सुकै भएता पनि एउटै संस्कारको अपेक्षा गरिएको हुन्छ ।

तर, शुक्रबार राति राष्ट्रपति संस्थामा भएको रात्रि भोजमा भने एक पक्षीय देखियो, जस्ले सो संस्थाको अभिभावकीय हैसीयतमा प्रश्न चिन्ह उब्जाएको छ । वर्तमान राष्ट्रपति एमालेकी नेतृ विद्यादेवी भण्डारी हुन्, तर सो पदमा पदासिन भएपछि उनी देशकै अभिभावक हो ।

यो अभिभावकीय भूमिका देखाउने प्रयास गर्दा पनि उनको सचिवालयको कमजोरीका कारण उनी विवादमा तानिएकी छन् । राष्ट्रिय सभा निर्वाचन सम्बन्धि अध्यादेशमा उनलाई आफ्नो सचिवालयले विवादित बनायो भने शुक्रबारको भोजलाई पनि विवादित बनायो ।

कि त त्यो भोजलाई अनौपचारिक गर्नु पथ्र्यो, कि त नेपालका प्रमुख दलहरूलाई बोलाएर भोज गर्नुपर्थ्यो ।

बामपन्थी गठबन्धनले सरकार बनाउनका लागि सुबिधाजनक हैसीयत बनाएको लगत्तै बामबन्थीहरूलाई मात्र बोलाएर रात्रिभोज गर्दा पुनः राष्ट्रिपति बन्ने लालसा देखाई बामपन्थीलाई खुशी तुल्याउन खोजेको सन्देश गएको छ । यसरी राष्ट्रपतिले लबिङ गर्दा सो संस्थाको अभिभावकीय भूमिकामा प्रश्न उब्जेको छ ।

कांग्रेसको नेतृत्वलाई वेवास्तागरी रात्रिभोज दिनु र सो कुराको पुष्टि हुने गरी सचिवालयले फोटो सार्वजनिक गर्नु भनेको सेरेमोनीयल राष्ट्रपति संस्थालाई विवादित बनाउनु हो ।

राष्ट्रपतिले आफ्नो सचिवालयका बारेमा पुनः बिचार नगर्ने हो भने, संबिधानले परिकल्पना गरेको सेरेमोनिएल राष्ट्रपतीय पद्दतिमा समस्या आउने देखिएको छ । (ब्लग)

 

Published : Saturday, 2018 January 13, 8:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया