राष्ट्रपति एमालेको उक्साहटमा लागेको भन्दै नेविसंघ आन्दोलित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आन्दोलन नै गर्ने भएको छ ।
नेविसंघले यही पुस ९ गते आइतबार राजधानीको विश्वभाषा क्याम्पसमा बृहत प्रदर्शन गर्ने जनाएको छ ।
नेविसंघ केन्द्रीय समितिको आयोजनामा राष्ट्रपतिले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानभन्दा माथि उठ्न खोजेको भन्दै चर्को विरोध गर्ने नेविसंघले जनाएको छ ।
नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सरकारले दुई महिनाअघि नै पेश गरेको राष्ट्रिय सभा गठन अध्यादेश रोकेर संविधानकै खिल्ली उडाएको भन्दै त्यसको विरोधमा कार्यक्रम गर्न लागिएको जनाए ।
नेविसंघले राष्ट्रिय सभा गठन अध्यादेश तत्काल जारी गर्नसमेत माग गरेको छ ।
Published : Friday, 2017 December 22, 10:34 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत