प्रहरी नै ड्रेससहित आन्दोलनमा उत्रिएपछि प्रहरीले दियो ‘दनक’

चरिकोट । म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।
सरकारले खानामा म्यादीलाई पनि सिपहीसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले म्यादीलाई प्रहरीको सिपाहीसरह खानाको रकम नलिएर अत्याधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सदरमुकाम चरिकोटमा आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी प्रहरी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएकी म्यादी प्रहरी राजन बस्नेतले जानकारी दिए । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ ।
घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादी प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरूको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।
खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक ६० रुपैयाँ काटे पनि जिप्रकाले म्यादीबाट भने ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताइन् । महिला म्यादीमाथि दुर्व्यवहार गरिएको गुनासो पनि उनीहरूले गरेका छन् ।
जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएकोसमेत उनीहरुको आरोप छ । आफूहरू अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादी बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् ।
हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ ।
वार्ता निष्कर्षमा पुग्न सकेको छैन । प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत