माओवादीको कुटाइबाट नेविसंघका नेता घाइते

काठमाडौं । नेपाल विद्यार्थी संघ गोरखाका उपसभापति रमेश बस्ताकोटीलाई माओवादी केन्द्र समर्थित युवाहरूले काठमाडौंमा कुटपिट गरी घाइते बनाएका छन् ।
काठमाडौं नयाँ बजारमा शनिबार दिउँसो चुनावी समीक्षाको विषयमा आफूमाथि कुटपिट भएको बस्ताकोटीले बताए ।
बस्ताकोटीलाई माओवादीका कार्यकर्ता गोरखा ताकुकोटका अर्जुन बस्नेत र नुवाकोटका सहदेव ओझालगायतले आक्रमण गरेका हुन् । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नेविसंघ गोरखाका अध्यक्ष रुपबहादुर गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा आक्रमणकारीलाई छिटोभन्दा छिटो पक्राउ गर्न प्रहरी र प्रशासनसमक्ष आग्रह गरिएको छ ।
आक्रमणकारीलाई सम्बन्धित निकायले छिटो पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाए ‘नेविसंघले सांगठनिक रुपमा जुनसुकै कदम चाल्ने’ चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
लोकतन्त्रमा आफ्नो विचार राख्न पाइने बताउँदै बस्ताकोटीले टेलिफोनमा भने, ‘चुनावी समीक्षा गरेकै भरमा ममाथि कुर्सी, टेबल र मुक्का प्रहार गरियो ।’
बस्ताकोटी यसअघि ०६४ को निर्वाचनको बेला पनि माओवादीबाट कुटिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत